महिला पत्रकारहरुका लागि मकवानपुरमा ३ दिने फिचर लेखन तामिम सुरु
मकवानपुर १२ असार । मकवानपुरमा कार्यरत महिला पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले ३ दिने फिचर लेखन तालिम मंगलबारबाट सुरु भएको छ ।
क्रियाशिल महिला पत्रकार मकवानपुरको आयोजना तथा हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो ।
२५ जना महिला सञ्चारकर्मीहरु सहभागी भएको तालिममा क्रियाशिल महिला पत्रकारको केन्द्रिय अध्यक्ष अमिका राजथला, राष्ट्रिय समाचार समितिका पूर्व महा प्रबन्धक निर्मला आर्चायले सहजिकरण भएका थिए । कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उप मेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
