२ दिने अभिमुखीकरण तालिम मकवानपुरको भिमफेदीमा सम्पन्न
मकवानपुर १३ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा मंगलबारबाट सुरु भएको २ दिने सामुदायिक सञ्चार अभिमुखीकरण तालिम आज समापन भएको छ । भिमफेदी गाउँपालिकाको सहयोग तथा सोलुशन मिडिया प्रा.लि को आयोजनामा कार्यक्रम भएको थियो ।
भिमफेदी गाउँपालिकाका ९ वटा वडाका विभिन्न बिद्यालयका माद्यामिक स्तरका बिद्यार्थीहरु, तथा वडाका कर्मचारीहरुको सहभागिता रहेको तालिममा सुचनाको हक, सञ्चार, आमसञ्चार,समाचार लेखन, लगाएतका विषयमा जानकारी प्रदान गरीएको थियो ।
समापन कार्यक्रम भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्य तथा सोलुसन मिडियाका निर्देशक रामकुमार एलनको अध्यक्षतामा भएको हो। कार्यक्रममा भिमफेदी वडा नम्बर २ का अध्यक्ष काशीराम बज्यू, वडा नम्बर ३ का अध्यक्ष प्रितीलाल लामा, वडा नम्बर ५ का जार सिं लामा, तु खबर डटकमका प्रधान सम्पादक गिरिजा अधिकारी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सोलुसन मिडियाका निर्देशक एलन,तु खबरडटकमका प्रधान सम्पादक अधिकारी र नागरिक ,कान्तिपुरका टेलिभिजनका बालकृष्ण अधिकारी, अन्नपुर्ण पोष्टका कृष्णसारु मगर,अशोकसुजन श्रेष्ठ,बलराम पुडासैनी लगायतले सहजिकरण गरेका थिए ।
