फेरि बन्द भयो नारायणगढ–मुग्लिन सडक खण्ड

तु खबर संवाददाता
२०७५ असार १२, मंगलवार १३:५७
फाइल फोटो

चितवन, १२ असार (रासस) । नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो ।

प्रहरीका अनुसार, चारकिलोसहित जलविरे, तोपेखोला लगाएतका स्थानहरुमा समेत पहिरो झरेको छ । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन-चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताए । दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*