क्रियटिभ तेक्वान्दो एकेडेमीको तेश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आज हेटौंडामा सम्पन्न
मकवानपुर ९ असार । हेटौंडा उपमहानगरपालिका वडा नक्बर १७ हटियामा रहेको क्रियटिभ तेक्वान्दो एकेडेमीको तेश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ ।
२०० जना खेलाडि सहभागी भएको उक्त २ दिने प्रतियोगिताको शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले समापन गरेका हुन् । कार्यक्रममा मन्तव्य दिदै मेयर महतले आईतबार प्रस्तुत हुने उपमहानगरपालिकाको निति तथा कार्यक्रममा एउटा वडामा एउटा खेल मैदान एउटा जिम क्लव र एउटा पार्क अनिवार्य समावेश गरीने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै समापन कार्यक्रममा तेक्वान्डो क्रियटिभ तेक्वान्दोका सस्थापक अन्तराष्ट्रिय प्रशिक्षक तथा खेलाडि मुकेश कुमार राईलाई सम्मान गरीएको छ । यस्तै समापन कार्यक्रममा तेक्वान्डो प्रशिक्षक माधव कोईराला, लगाएतलाई सम्मान समेत गरीएको छ । कार्यक्रममा १६ नम्बर वडाका वडा अध्यक्ष रामकृष्ण कोइराला, मध्यमाञ्चल क्षत्रिय तेक्वान्डो संघका अध्यक्ष,रष्टिय तेक्वान्दो संघका सदस्य कमल बहादुर विष्ट लगाएतको उपस्थीति रहेको थियो । क्रियटिभ तेक्वान्दो एकेडेमीका अध्यक्ष शक.र राउतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
