एसईई को रिजल्ट यसरी हेर्न सकिन्छ

तु खबर संवाददाता
२०७५ असार ९, शनिबार २०:२३

मकवानपुर ९ असार । एसईई परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको छ ।

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् ।

त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएको जानकारी छ ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ६३ हजार ६८९ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए ।

एसर्इर्इको नतिजा थाहा पाउनको लागि शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मार्फत रिजल्ट हेर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*