समृद्ध टोल विकास संस्था र साहस नेपालको आयोजनामा हेटौंडा १२ मा डस्टविन राख्ने अभियान
सन्देश थिङ
मकवानपुर ९ असार । समृद्ध टोल विकास संस्था तथा साहास नेपालको आयोजनामा हेटौैंडा १२ खोरोङ टोलमा आज शनिबार डस्टविन राख्ने अभियान संचालन गरीएको छ ।
फोहोर मैलालाई उचित स्थानमा राख्ने गरौं आफ्नो गाउँ घर सरसफाई राखौं भन्ने मुल नाराका साथ सरसफाई अभियान संचालन गरीएको थियो ।
खोरोङ टोलदेखि नारी सचेतना भवनसम्म सरसफाई गर्दै विभिन्न स्थानमा गरी १४ वटा डस्टविन राखिएको हो ।
समृद्ध टोल विकास संस्थाका अध्यक्ष बखान सिंह घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ,सहित स्थानीयहरुको उपस्थीति रहेको थियो ।
दुबै संस्थाको पहलमा यसअधि पनि सोहि स्थानमा १५ वटा विजुलीको पोलमा विद्युत जडान गरीएको साहस नेपालकी संचालक अञ्जु थिङले जानकारी दिईन् ।

