असार ८ र ९ गते मकवानपुरको हटियामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने
मकवानपुर ७ असार । मकवानपुरको हटिया १७ मा रहेको क्रियटिभ तेक्विन्दो एकेडेमीले यही असार ८ र ९ गते तेश्रो जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । हटियामा हूने जिल्ला स्तरीय प्रतीयोगितामा जिल्लाभरका २०० जना खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ ।
हटियामा रहेका अनाथ तथा बिपन्न बर्गका ३५ जना चेपाङ बालबालीकालाई तेक्वान्दो गूरू भोजराज पराजुली ले निशूल्क ताक्वान्दो सिकाउनु भएकोले उक्त खेलाडीको खेल स्तर बृदीको लागी पनी उक्त खेल खेलाउन लागेको आयोजकले जानकारी दिएको छ ।
मकवानपुरमा क्रियाशिल १० डोजाङ को सहभागीता रहने उक्त प्रतियोगिताको कुल खर्च ४ लाख लाग्ने र आवस्यक खर्च स्थानिय स्तरबाट सहयोग प्राप्त हूने आयोजकको भनाई छ । हेटौडा उपमहानगरपालीका को १७ नम्बर वडामा पछिल्लो समय खेलकूदको विकाशका लागी स्थानियको अग्रसरता निकै देखिएको छ ।
