मूल्यवृद्धिविरुद्ध हेटौँडामा तरुण र नेविसंघको प्रर्दशन : केपी ओलीविरुद्ध यस्तो लाग्यो नारा – हेर्नुहोस् भिडियो

तु खबर संवाददाता
२०७५ असार १,शुक्रबार १९:५०
Featured Video Play Icon

मकवानपुर । नेपाली काँग्रेस आवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धि विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा तानातान समेत भएको छ ।

तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक, नगर सभापति सुनिल गिरी, नेविसंघ अध्यक्ष राजु खतिवडासहितका नेता कार्यकर्ताले राँके प्रदर्शन गर्दै मुल्यवृद्धि खारेजीको माग गरेका थिए ।
राँके जुलुसमा सहभागीहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्का नारावाजीसमेत गरेका थिए ।

तरुण दल मकवानपुर अध्यक्ष इश्वर पाठकले बोेकेको मसाल प्रहरीले खोसेको थियो त्यस बेला सामान्य धकेलाधकेल भएको हो । तरुण दल नगर सभापति सुनिल गिरीको पनि प्रहरीसित तानातान भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*