प्रदेश ३ को बजेट आज सार्वजनिक हुँदै

तु खबर संवाददाता
२०७५ असार १, शुक्रबार १०:२८

हेटौँडा, ०१ असार । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ को लागि करिब ४० अर्ब बराबरको बजेट ल्याउँदैछ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आज दिउँसो हुने प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडाले जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले सरकारले प्रस्तुत गर्न लागेको आगामी आव २०७५–०७६ को बजेटले ३ नं प्रदेश अन्तर्गत १३ जिल्लाका लागि माग गरे बमोजिम राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने लक्षित कार्यक्रम, ऊर्जा शक्तिको उत्पादन गर्ने, कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र सामान्य नागरिकको जीवनस्तरमा आर्थिक सुधार ल्याउने कार्यक्रम लगायत बजारभाउ नियन्त्रण गर्ने खालको कार्यक्रम बजेटले समेट्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*