हेटौँडामा तेश्रो आँखाको नानी संकलन, बर्तौला बने तेस्रो आँखा दानी

तु खबर संवाददाता
२०७५ असार ३, आईतवार १७:४९

–चन्द्र घलान
हेटौँडा, ०३ असार ।
हेटौँडामा तेश्रोे पटक आँखाको नानी संकलन गरिएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर २, चुनियाँ निवासी उमेश बर्तौला, श्याम बर्तौला, रुपेश बर्तौला र रमेश बर्तौलाले आफ्ना पिता स्वर्गीय तेजप्रसाद बर्तौलाको आँखाको नानी दान गरेका हुन । बर्तौला हेटौँडामा आँखा दान गर्नेमा तेस्रो व्यक्ति बनेका छन् ।

मानिसको मृत्यु पश्चात जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टि विहिनहरुलाई दृष्टि प्रदान गर्न आफ्नो काकाको आँखा दान गर्न दाजुभाईहरुसँग सल्लाह गरेर निर्णय गरिएको भतिज बिनोदकुमार बर्तौलाले बताए ।

हेटाँैडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले नानी संकलन गरी अस्पतालमा सुरक्षित राखेका छन् । उक्त नानी आवश्यक अन्य दृष्टिविहिनहरुलाई प्रत्यारोपण गर्न तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौ लगिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालमा यस अघि वि.सं. २०७४ साल फागुन २१ गते पहिलो पटक आँखाको नानी संकलन गरिएको थियो । हेटौँडा ४ निवासी विकाश श्रेष्ठ र प्रकाश श्रेष्ठले हेटौँडामा पहिलो पटक आफ्ना पिता स्वर्गीय रामकृष्ण श्रेष्ठको आँखाको नानी दान गरेका थिए ।

त्यस्तै वि.सं. २०७५ साल जेठ ३० गते हेटौँडा ५ निवासी प्रेमलाल श्रेष्ठ र टिकालाल श्रेष्ठले आफ्ना पिता स्वर्गीय सर्गलाल श्रेष्ठको आँखाको नानी दान गरेका थिए । श्रेष्ठ दोस्रो आँखाको नानी दानकर्ता हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*