समाचार
झारफूकको भरपर्दा किशोरीको मृत्यु
वीरेन्द्रनगर २२ साउन । झारफुकको भरपर्दा वीरेन्द्रनगरकी एक किशोरीको मृत्यू भएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पदंशबाट मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका १० जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनि बस्दै आउनुभएकी हरिकलालाई सर्पले डसेपछि...
आकाशे पुल निर्माण गर्दै काठमाडौं महानगरपालिका
काठमाडौँ, २२ साउन । काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । टेकु...
राजपा नेपाल भित्र लफडा नै लफडा
काठमाडौँ २२ साउन । छवटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी राजपा नेपाल अहिले भागबण्डाको विषयलाई लिएर विवादमा फसेको छ । २०७४ वैशाख ७ गते तमलोपा महन्थ ठाकुर, सद्भावना पार्टी राजेन्द्र महतो, रामसपा शरतसिंह भण्डारी, तमसपा महेन्द्र राय यादव, फोरम गणतान्त्रिक राजकिशोर यादव र सङ्घीय सद्भावना अनिल झा...
हेटौँडा कपडा उद्योगको जग्गामा १३ वटा नयाँ उद्योग संचालन
हेटौँडा २२ साउन । हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो ।...
लहानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु
लहान २२ साउन । सिरहाको नरहा गाउँपालिका– ५ स्थित बलुवा चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको आज उपचारको क्रममा मृत्यु भएको छ । स ६ प ९०८४ नं को मोटरसाइकलको ठक्करबाट गम्भीर स्थानीयवासी ८० वर्षीया देवकीदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको...
हेटौँडाबाट सभामुख श्रेष्ठको उद्घोष–‘१३ वटा ऐन बन्यो, हतार नगरौँ अरु पनि बन्छ’
हेटौँडा, २२ साउन । प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ मा आवश्यक भएका १ सय ९९ ऐनमध्ये १३ वटा मात्र ऐन निर्माण भएको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले मंगलबार हेटौँडामा आयोजना गरेको संसदीय पत्रकारिता तालिम उद्घाटन गर्दै उनले बाँकी ऐन पनि आवश्यकता अनुसार...
मकवानपुरका पत्रकारहरुलाई संसदीय रिपोर्ट सिकाइँदै
हेटौँडा, २२ साउन । संसदमा हुने विभिन्न छलफल तथा पारित हुने गरेका ऐन तथा प्रक्रियाहरुका बारेमा सत्यतथ्य समाचार प्रस्तुत गर्ने उदेश्यले मकवानपुका पत्रकारहरुलाई संसदीय पत्रकारिता तालिम दिइएको छ । संसदीय मामिला पत्रकार समाजको आयोजनामा आज संसदीय पत्रकारिता तालिम दिइएको हो । तालिममा संसद सम्बन्धी समाचार कसररी लेख्ने भन्ने अभ्यास...
मनहरीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त, म्याजिक र अटोको चाप बढ्यो
मकवानवपुर, २२ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सवारी चाप थेग्न नसकेको अवस्थामा जिल्लाको पश्चिम मनहरी बजारमा समेत त्यस्तै समस्या थपिएको छ । बजारमा सवारी साधनको चाप बृद्धि भएसंगै बजारको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त देखिएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । साना तथा ठुला सवारी साधनहरु मुख्य राजमार्गको छेउछाउमा...
मनहरीमा टिपर र ट्रक ठोक्कियो
मकवानपुर, २२ साउन । मकवानपुरको मनहरी गाउँपािलका वडा नम्बर ६ नयाँब बस्तीमा सोमबार मालवाहक टिपर र मालवाहक ट्रक एक आपसमा ठोकिएको छ । मनहरीबाट लोड लिई चितवनतर्फ जाँदै गरेको टिपर र चितवनबाट मनहरीतर्फ आइरहेको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । ना...
गुम्बा बिहार पुननिर्माण बारे आज हेटौँडामा बृहत अन्तरक्रिया हुँदै
हेटौँडा, २२ साउन । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ध्वस्त भएका गुम्बा बिहार तथा निजि आवास एबम धार्मिक मठ मन्दिर धर्मशाला लगायत ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको पुननिर्माणमा आएको गतिरोध अन्त्यका लागि आज हेटौँडामा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ । गुम्बा बिहार संरक्षण सघ, मकवानपुरको आयोजनामा...










