भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १७:०९
सांकेतिक तस्वीर

रसुवा, ३० साउन । तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ ।

सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् ।

उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत गएका थिए । तिनको शव काठमाडौँ लाने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*