प्रदेश तहका कर्मचारीको व्यवस्थापन प्रदेश सरकारले गर्ने

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १९:०१

काठमाडौँ ३० साउन । मुलुकभर प्रदेश स्तरका कर्मचारीको व्यवस्थापन ,खटनपटन सम्बन्धीत प्रदेशको सरकारलेनै गर्ने भएको छ ।
यस अघि प्रदेश तहमा सङ्घ केन्द्रले कर्मचारी खटाउँदै आएपनि अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने भएको छ । साथै प्रदेश सरकारको लागि एकमुष्ट कर्मचारी हुने समेत भएको छ ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिवलाई कर्मचारी खटाउने अधिकार प्रदान गरेको छ । कर्मचारी समायोजन ऐन २०७४ अनुसार तीन तहमा कर्मचारी समायोजन नभएसम्मका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले नै कर्मचारी खटाउने व्यवस्था गरिएको स्रोतको जानकारी छ ।
खटाइएका कर्मचारीको अध्ययन र असाधारण बिदाबाहेक अन्य ।िबदा काज स्वीकृत गर्ने, पुरस्कृत वा विभागीय कारवाही गर्नुपर्ने भए सिफारिस गर्नुपर्नेजस्ता अधिकार प्रदेश प्रमुख सचिवलाई प्रदान गरिएको छ । संगठन संरचनानुसार सात वटै प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*