समाचार

हेटौडामा एक हप्ते ‘फिल्म मेकिङ्ग वर्कशप’ सञ्चालन हुने

मकवानपुर २१ साउन । हेटौडामा एक हप्ते ‘फिल्म मेकिङ्ग वर्कशप’ सञ्चालन हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले न्यु मिडिया एकेडेमी प्रा ली हेटौडाको सहकार्यमा हेटौडामा वर्कसप आयोजना गर्न लागेको हो । कान्तिपुर फिल्म एकेडेमीले देशभरका बिभिन्न शहरहरुमा वर्कशप सुरु गरेको छ । यसै क्रम्मा आगामी भाद्र १० गतेदेखी...

एकाबिहानै हेटौंडाको मोबाईल पसलमा चोरी, चोरलाई कारवाही गर्ने प्रहरीको दाबी

मकवानपुर २१ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्तिथ एक मोबाईल पसलमा आज बिहानै चोरी भएको छ । खोपेगल्ली नजिकै रहेको भोईस मार्ट नामक पसलबाट केहि थान मोबाईल चोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ । प्रहरीका अनुसार पसलबाट १३ वटा मोवाईल चोरी भएको छ ।...

रुपन्देहिको बोलबम धाममा भक्तजनको ठूलो भीड

बुटवल २१ साउन । रुपन्देहीको सैनामैना नगरपालिका १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम श्रावणी मेलामा आज सोमबार भक्तजनको घुइँचो लागेको छ । सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन रहेको छ । श्रावण ११ गते...

पोखरा बाग्लुङ सडक खण्डमा बस खस्दा १६ जना घाईते

पर्वत २१ साउन । मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएको छ । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६...

ढलको पानी बस्तीमा पसेपछि बस्ती दुर्गन्धित

सल्लेरी  २१ साउन । बजारको ढल पसेपछि सोलु दूधकुण्ड नगरपालिका– ४ फाप्लुको दलित बस्ती दुर्गन्धित भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । फाप्लु बजारको घर÷घरबाट निस्केको ढल खोल्सामा मिसाउँदा बजारभन्दा तल रहेको दलित बस्तीमा पस्दा दुर्गन्धित भएको हो । ढल व्यवस्थापनका लागि स्थानीयवासीले पटक पटक माग गर्दैआएका छन् । मागबारे...

आफ्नै श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडोैं २१ साउन । आफ्नौ श्रीमतीलाई बलत्कार गर्ने एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । इच्छाविपरीत श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा २२ बर्षिय श्रीमतीले प्रहरीलाई उजुरी दिएपछि २७ बर्षिय श्रीमान पक्राउ परेका हुन् । श्रीमान्ले चाहना विपरीत जबरजस्ती यौनसम्पर्क गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी...

ईन्द्रसरोवरको दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माणमा यसरी जुटे स्थानीय (फोटो फिचर)

मकवानपुर २१ साउन । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउंपालिका अन्तर्गत पर्ने एक दुर्गम गाउं भालुखर्क ,गोगने हांसुली, चुवाबन लगायतका ग्रामीण बस्तीलाई केन्द्रविन्दु बनाइ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि गाउंले आफैं रकम संकलन गर्न थालेका छन । मिति २०७५ श्रावण २० गते भएको औपचारिक उद्घाटन कार्यक्रमको दिन रु ७३ हजार संकलन...

अपडेट–हेटौँडामा टिप्परको ठक्करबाट युवकको ज्यान गएपछि कान्तिलोपथ बन्द

हेटौँडा, २१ साउन । कान्ति लोकपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा आइतबार टिप्परको ठक्करबाट एक युवकको ज्यान गएपछि सुरु भएको विवादले चर्को रुप लिउको छ । स्थानीयले कान्तिलोक पथ बन्द गर्दै स्थानीयले सवारी सञ्चालनमा रोक लगाएका हुन् । पीडित परिवारलाई उचित राहत, घाइतेको उपचार, टिपर चालकलाई कारबाहीलगायतको माग गर्दै उनीहरुले...

ईन्द्रसरोवरको दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण गर्न स्थानीय जुटे

मकवानपुर २१ साउन । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउंपालिका अन्तर्गत पर्ने एक दुर्गम गाउं भालुखर्क ,गोगने हांसुली, चुवाबन लगायतका ग्रामीण बस्तीलाई केन्द्रविन्दु बनाइ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि गाउंले आफैं रकम संकलन गर्न थालेका छन । सामान्य स्वास्थ्य सेवा लिनको लागि घण्टौं हिंड्नुपर्ने वाध्यता रहेको र यो समस्याले विशेष गरि...

मनहरीमा किशोर–किशोरीहरु सरसफाईमा जुटे

मकवानपुर, २१ साउन । मनहरी गाउँपालिका वडा नम्बर ७ मा सरसफाई किशोर–किशोरीहरु सरसफाईमा जुटेका छन् । एकता किशोर–किशोरि सञ्जाल मनहरी ७ को आयोजनामा सरसफाई गरिएको हो । मनहरि ७ बिजौनादेखि रमन्टारसम्म सञ्जालले सरसफाई गरेको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । सञ्जालले स्थानीयसँग जथाभाबी फोहोर नफाल्न आग्रह गर्दै...