समाचार

एउटा यस्तो कार्यालय जहाँ सहयोगी प्रमुखको कुर्सीमा बस्छन्

नविन चौधरी कोल्हबी २१ साउन । कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवस्थित इलाका प्रशासन कार्यालय कोल्हबीका कार्यालय सहयोगी कार्यालय प्रमुखको कुर्सीमा बस्छन् । सेवा लिन आएका सेवाग्राहीलाई सेवा दिने कर्मचारी कार्यालयमा हुँदैनन् अनि कार्यालय सहयोगी कुर्सीमा बसेर सेवाग्राहीलाई दुख दिन्छन् । त्यसोत कार्यालय प्रमुखको कुर्सीमा बस्नेमात्रै होईन ,उनी...

कोठी चलाएको आरोपमा मकवानपुरकी एक युवती सहित २ जना पक्राउ

काठमाडौँ, २१ साउन । अवैध कोठी सञ्चालन गरेको आरोपमा मकवानपुरकी एक युवतीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पाटनकी २८ वर्षिया प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिया मन्दिरा तामाङ तितुङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गत शुक्रबार उनीहरुले आफ्नो कोठामा एक युवतीलाई लगेर जबरजस्ती सम्बन्ध...

मकवानपुरमा ६ करोड बजेट काम नगरीकनै फ्रिज, बजेट फ्रिज गर्नेमा हेटौँडा उपमहानगर पहिलो नम्बरमा, भिमफेदीको काम धेरै

हेटौँडा, २१ साउन । मकवानपुरमा करिब सवा ६ करोड बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७४–७५ मा मकवानपुरका स्थानीय तहमा आएको वित्तीय हस्तान्तरण बजेटबाट झण्डै सवा ६ करोड रुपियाँ फ्रिज भएको हो । आजको साझाकुरा दैनिकमा यो खबर प्रकाशित छ । मकवानपुरका १० वटा स्थानीय तहले गत...

प्रदेश ३ को प्रदेशसभा बैठक अझै अनिश्चित, काँग्रेसको माग यथावत

मकवानपुर, २१ साउन । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक थप अनिश्चित बन्दै गएको छ । साउन ३ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पछि साउन ४ गते स्थगित भएको बैठक ‘अर्को सुचना जारी नभएसम्मका लागि’ भन्दै स्थगित भएको थियो । आजको प्रदेश दैनिकमा समाचार छ । सभामुख...

चितवन मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । निरन्तरको भारी वर्षाका कारण नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार, आज बिहानाबाट सडक अवरुद्ध भएको हो । सो सडक खण्डमा पर्ने जलविरे र घुमाउनेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । त्यसैगरी मुग्लिन नौबिसे सडक खण्डको फिस्लिङ भन्ने स्थानमा पहिलो...

बेरोजगार भत्ता दिने गरी कानून बनाउँदै सरकार

नेपाल सरकारले बेरोजगारलाई जीवन निर्वाहको लागि भत्ता उपलब्ध गराउने भएको समाचार आजको कान्तिपुर दैनिक मा छ । कुनै पेशा व्यवसाय नभएको र एक वर्षमा १ सय २० दिन पनि आय नभएकालाई भत्ता दिने गरी कानून तयार पार्न लागिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस सम्बन्धमा कानूनको...

१३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या !

कञ्चनपुर / भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको समाचार आजको कान्तिपुर दैनिक मा छ । पत्रिकामा प्रकाशित समाचार अनुसार, प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। हामीले जे आश‌का गरेका थियौं, त्यही पुष्टी भयो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

Featured Video Play Icon

चिरन पुनको गीत ‘गल्ली–गल्लीमा’ सार्वजनिक (भिडियो सहित)

मकवानपुर, २० साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा नारायणी व्यूरो इन्चार्ज चिरन पुनले रचना गरेको र संगीत भरेको ‘ विदेशी गल्ली–गल्लीमा’ बोलको गीत सार्वजनिक भएको छ । विदेशी भूमिमा युवाहरु रोजगारीका लागि गइरहेको विषयमा चिन्ता गर्दै पुनले लेखेका गीतलाई गायिका निर्मला घिसिङले सुमधुर आवाज भरेकी छिन् ।...

पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

बारा २० साउन । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पानीको मोटर जोडेको धारामा हातमुख धुन जाँदा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षीया मुनीदेबी चौधरीको बीरगंज हेल्थ केयर पर्सामा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले...

सुनसरीका शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

काठमाडौं २० साउन । सुनसरी इनरुवा नगरपालिका २ का १८ बर्षीय प्रेम शर्माको पौडी खेल्ने क्रममा डुबेर शनिबार मृत्यु भएको छ । कंचनरुप नगरपालिका ५ स्थित त्रियुगा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । त्यसैगरी  बारा सिम्रनगढ नगरपालिका १० देवापुर बस्ने...