होस्टेलको छतबाट खसेर मृत्यु
काठमाडौं २९ साउन । काठमाडौं महानगरपालिका ३१ बानेश्वर प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेश्रो तलाको छतबाट खसेर १ जनाको मृत्यु भएको छ । सर्लाही मलगंवा नगरपालिका १० घर भएका सन्तोष कुमार कर्णको ४ वर्षीया छोरी साक्क्षकुमारी कर्ण सोमबार मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको थियो ।
