समाचार
मयुरीको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं २० साउन । सर्लाहिको ईश्वरपुर नगरपालिका ६ खुबलाल टोलस्थित सडकमा मयूरीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ना १ ह २७४८ नम्बरको मयुरी शनिबार अनियन्त्रित भई सडक छेउमा बसिरहेकी सोही ठाउँ बस्ने राजेश महतोकी २ वर्षीया छोरी शिवानीकुमारी महतोलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।...
बालाजु औधोगिक क्षेत्रभित्र एकजना मृत अवस्थामा फेला
काठमाडौं २० साउन । काठमाडौं महानगरपालिका १६ बालाजु औद्योगिक क्षेत्रभित्र एक जना मृत अवस्थामा फेला परेका छन् । नाम, थर, समेत नखुलेका करीव ४० बर्षीय पुरुष हिजो मृत अवस्थामा फेला परेका हुन् । स्याङ्जा वालिङ नगरपालिका १२ घोसेर बस्ने पर्वत पयूँ गाउँपालिका५ का ५७ वर्षीय खगेस्वर न्यौपाने घरदेखि करीब...
नाई नभन्नु ल ५ को दोस्रो गीत सार्वजनिक
काठमाडौं, साउन २० । सर्वाधिक चर्चाको केन्द्रबिन्दुमा रहेको ‘नाईं नभन्नू ल ५’ को दोस्रो गीत सार्वजनिक भएको छ । बालापनको उमेर शिर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समिक्षा अधिकारीको स्वर रहेको छ । निर्देशक विकास आचार्यले नयाँ गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि संगीतकार...
मकवानपुर प्रहरीले बुझायो १२ थान मोबाईल
मकवानपुर, २० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापा समेतको बिशेष टोली मकवानपुरका विभिन्न स्थानबाट हराएको मोबाईल फेला पारी मोबाईल धनीलाई फिर्ता गरेको छ । मोबाईल हराएको भनि दिएका निवेदनको सम्बन्धमा खोजतलास तथा बिशेष अनुसन्धान गरी आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोबाइल धनीलाई फिर्ता गरेको...
मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
काठमाडौं २० साउन । काठमाडौं मनमैजु बस्ने धादिङ दुवाकोट गाउँपालिका ८ का २० बर्षीय बिशाल घिमिरे र काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बस्ने रामेछाप दोरम्बा गाउँपालिका १ का १९ बर्षीय शत्रु तामाङलाई ग १३ प ३९८५ र बा ७७ प ५५५५ नम्बरका २ मोटरसाइकल चोरी गरेको अभियोगमा शनिबार प्रहरीले...
कमान सिं पाख्रिन ‘पृथक’ नेकपा मकवानपुरको सचिव बन्लान् ?
हेटौँडा, २० साउन । नेकपा मकवानपुरको सचिवका रुपमा तत्कालिन नेकपा माओवादी केन्द्रका संचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ को नाम चर्चामा आएको छ । तत्कालिन एमाले र माओवादीबिच जेठ ३ गते भएको पार्टी एकतापछि बनेको नेकपाका लागि मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेल र दोस्रो बरियताका नेताका रुपमा बलराम बल...
फेरि डुब्यो भक्तपुर
भक्तपुर, २० साउन । प्रदेश नम्बर ३ को राजधानी हेटौँडाबाट अन्यन्त्र सार्ने सम्भावित स्थानमध्येको एक भक्तपुर फेरि डुबानमा परेको छ । गएरातिदेखि परेको अबिरल बर्षाका कारण भक्तपुरका केहि स्थान फेरि जलमग्न भएको हो । मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र डुबानमा परेको स्थानीयले दाबी गरे पनि प्रहरीले भने...
मानव तस्कारी रोक्ने विषयमा हेटौँडामा अन्तरक्रिया
हेटौँडा, २० साउन । सर्कस काठमाडौं र एफ.एस.आई नेपालको संयुक्त आयोजनामा मकवानपुरको हेटौंडामा शनिबार जन चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । मानव तस्करीको प्रकोपसँग कमजोर समुहलाई लक्षित मानव तस्करीलाई रोक्न र नैतिक विकल्पको जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको संचारकर्मी भुवन घलानले जानकारी दिए । हेटौंडाको पल्पसा हलमा...
नेकपा मकवानपुरमा श्रीधर पोखरेल अध्यक्ष र बलराम बल दोस्रो बरियताको नेता हुने
मकवानपुर २० साउन । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच जेठ ३ गते भएको पार्टी एकतापछि बनेको नेकपाका लागि मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेल र बलराम बल दोस्रो बरियताको नेता हुने निश्चित भएको नेकपा स्रोतको दाबी छ । नेकपा एमालेकी तत्कालिन जिल्ला अध्यक्ष मुनु सिग्देल र माओवादी केन्द्रका तत्कालिन जिल्ला...
मकवानपुरमा टिपर आतँक, गैरीगाउँमा मोटरसाईकललाई ठक्कर दिँदा न्यौपानेको ज्यान गयो
मकवानपुर २० साउन । मकवानपुरमा टिपर आतँक बढ्न थालेको छ । आईबार पनि कान्तिलोक पथ अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट गैरीगाउँतर्फ गईरहेको ना ७ ख ७३२३ नम्बरको टिपरले बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय २६...









