जवरजस्ती करणीको अभियोगमा १ जना पक्राउ
उदयपुर २९ साउन । जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका १२ बस्ने २६ वर्षीय बिकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
परियार समेतका ३ जनाले सोमबार सोही नगरपालिका २ मोथिहायी बस्ने १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स १ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका १० स्थित हडिया जंगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।
फरार रहेका अन्य २ जनाको प्रहरीले खोजतलास गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
