भवनको अभावमा हेटौंडा अस्पतालको डायलिसिस सेवा अझै संचालनमा आएन
मकवानपुर २९ साउन । हेटौंडा अस्पताल परिसरमा रहेको क्षेत्रिय स्वास्थ्य निर्देशनालयको भवन खाली नहुँदा डायलिसिस मेसिन राख्नको लागि समस्या भएको छ । ३ बर्ष अधिदेखि मृगौलाको डायलिसिस गर्ने गरी स्थापना गरिएको अस्पतालको भवनमा क्षत्रिय स्वास्थ्य निर्देशनालयले आफ्ना सामान राखेको कारण समस्या भएको हो ।
क्षेत्रिय स्वास्थ्य निर्देशनालयका कार्यालय सम्बन्धी सामानहरु जिल्ला जनस्वास्थ्यको भवनमा राखेर यस भवनमा डायलिसिस मेसिन राख्ने भनिएतापनि कर्मचारीको आनाकारनीको कारण ढिलाई भएको हो ।
मृगौला सम्बन्धी विरामीलाई सहजै सरकारी अस्पतालमै डायलिसिस गर्नेगरी सबै तयारी गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबोल महतले बताए ।
छिटो भन्दा छिटो यो सेवा दिने प्रयास गरेता पनि केहि समस्याका कारण ढिलाई भईरहेको छ । उनले भने ।
जिल्ला जनस्वास्थ्य कार्यालय स्थानीय सरकार अन्र्तगत रहने भएपछि तीन तहको भवनमा क्षत्रिय स्वास्थ्य संचालन गर्न सकिन्छ । तर जनस्वास्थ्यका कर्मचारीले क्षेत्रिय स्वास्थ्यका सामान ल्याउन अटेर गर्ने र क्षेत्रिय स्वास्थ्यका कर्मचारीले सामान नसार्नका लागि प्रदेश सरकार र संघिय सरकारसंग लभिङ गर्दा विरामीले हेटौंडा अस्पतालमा सेवा पाएका छैनन् ।
आजको हेटौडा सन्देश राष्ट्रिय दैनिकमा समाचार छ ।
