मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार
मकवानपुर २९ साउन । मकवानपुरको हुमाने भञ्ज्याङमा आज एउटा सुमोमाथि बम प्रहरा भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमोमाथि पेट्रोल बम प्रहार भएको सुचना प्राप्त भएको छ । तर घटनाको विषयमा पूर्ण जानकारी भने आईसकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले बम प्रहार भएको भन्ने खबरचै आएको तर घटनाको विषयमा पुर्ण विवरण भने आउन बाँकी रहेको बताए । यस विषयमा अनुसन्धान गरिने उनले बताए ।
घटना कसले र किन गरायो भन्ने प्रहरीले अहिलेसम्म थाहा पाईनसकेको प्रहरीले बतायो ।
