मकवानपुरमा बिहानै अज्ञात समूहद्वारा बसमा आगजनी, मनहरीमा पनि तोडफोड
मकवानपुर, २९ साउन । मकवानपुरको थाहानगरपालिका अन्तगर्त त्रिभुवन राजपथ सडक खण्डको थाहा नगरपालिका–११ टिस्टुङमा अज्ञात समूहले आज बसमा आगजनी गरेका छन् ।
पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको भन्सार छुटेको बसमा अज्ञात समूहले टिस्टुङको देउरालीमा बिहान आगजनी गरेको थाहा नगरपालिका–११ नम्बरका वडा अध्यक्ष किरणमान बलले जानकारी दिए । बसमा यात्रु नभएकाले मानविय क्षति भने भएन । घटनाको क्षतिको विवरण आउन बाँकी छ । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्र्तगत मनहरीमा बन्दमा चलाएको भन्दै केही सवारीसाधनमा बन्दकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
