समाचार
१६ जनालाई उछिन्दै हेटौँडाकी प्रसिद्धिका प्रथम
हेटौँडा, १९ साउन । लोक कवि गणेशलाल श्रेष्ठको १ सय ७ औं स्मृतिमा कविता प्रतियोगिता शनिबार हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा १७ जना प्रतिष्पर्धी थिए । प्रतियोगितामा प्रसिद्धिका लम्साल प्रथम, दुर्गाकुमारी पुडाशैनी दोस्रो, पवन शाक्य तेस्रो तथा प्रिन्सा प्रधान र नविन मिश्र सान्त्वना...
मनहरीमा पाटे बाघको आतंक नसकिँदै हात्ती आतंक सुरु
मकवानपुर, १९ साउन । समय–समयमा पाटे बाघको त्रासमा बाँच्ने गरेका मनहरी गाउँपालिकाका दुई वडामा पूनः हात्ती आतंक सुरु भएको छ । बाघले मान्छे मार्नेसम्मको पिडा बोकीसकेको मनहरीमा यो अर्को समस्या सुरु भएको हो । मनहरी गाउँपालिकाको दुई वटा वडाको बस्तीमा केही दिन यता देखि जंगली हात्तीको आतङ्क बढेको मनहरीबाट...
साहित्य सन्ध्या सम्मान २०७५ बाट साहित्यकार पौडेल सम्मानित हुने
मकवानपुर १९ साउन । चर्चित साहित्यकार तथा विश्लेषक आनन्दराम पौडेल साहित्य सन्ध्या सम्मान २०७५ बाट सम्मानित हुने भएका छन् । साहित्य क्षेत्रमा सक्रिय साहित्य सन्ध्याले भदौ २ गते उनलाई सम्मान गर्ने भएको हो । संस्थाका अध्यक्ष राम विनयको अध्यक्षतामा बसेको आजको बैठकले पौडेललाई सो सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको...
नेपाली काँग्रेस मकवानपुरले गर्यो सक्रिय सदस्यलाई सदस्यता वितरण
मकवानपुर १९ साउन । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को आयोजनामा सक्रिय कार्यकर्ता भेला गरी सक्रिय सदस्यता वितरण गरिएको छ । १९ नम्बर वडाका वडा अध्यक्ष धनबहादुर गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा सदस्यता नविकरण गर्ने सक्रिय सदस्यहरुलाई सदस्यता वितरण गरिएको प्रेस यूनियन मकवानपुरका सहसचिव सुजन बिडारीले जानकारी दिए...
तामाङ पत्रकार संघ मकवानपुरले अग्रज तामाङ पत्रकारलाई सम्मान गर्ने
हेटौँडा, १९ साउन । मकवानपुर जिल्लामा क्रियाशिल रही तामाङ सञ्चारका क्षेत्रमा योगदान पुराएका एक जना मकवानपुरे अग्रज तामाङ पत्रकारलाई सम्मान गरिने भएको छ । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा शनिबार बसेको कार्य समिति बैठकले सो निर्णय गरेको हो । मकवानपुरका संचार माध्यममा कार्यरत रही तामाङ भाषा,...
इलाका प्रशासन कार्यालय कटारीले गर्यो १ बर्षमा राहदानीबाट ११ लाख राजस्व संकलन
गाईघाट उदयपुर १९ साउन । एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुर जिल्लाको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट रु ११ लाख ५० हजार राजश्व संकलन गरेको राससले जनाएको छ । २०७३/०७४ देखि २०७४/०७५ सालको असार महिनासम्ममा कटारी क्षेत्रबाट...
मुलुकभर ९० प्रतिशत रोपाँई सकियो
काठमाडौँ, १९ साउन । देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाँई सम्पन्न भएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ । गत वर्ष साउनको दोस्रो साता यही अवधिसम्म ७७ प्रतिशत मात्र रोपाँई भएको थियो । अघिल्लो...
प्रचण्डले दिए नेपाली क्रिकेट टोलीलाई बधाई
मकवानपुर १९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले शुक्रबार राति नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक...
रोल्पाका विद्यार्थीलाई पढ्न जान यस्तो सास्ती
रोल्पा, १९ साउन । विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् । विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ । विद्यालयले वर्षे बिदा दिएसँगै...
४ घण्टापछि चल्यो नारायणगढ मुग्लिन सडक
रत्ननगर १९ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । अहिले रोकिएका गाडीलाई...










