मकवानपुरको मनहरीमा तरुणद्वारा बिग्रेको बाटो मर्मत

तु खबर संवाददाता
२०७५ श्रावण २७, आईतवार १७:१९

मकवानपुर २७ साउन । मकवानपुरको मनहरी गाउँपालिका–५ हाँडीखोलाका तरुण युवाहरुले श्रमदान गरी करिब डेढ किलोमिटर हिलो तथा बिग्रेको बाटो निर्माण गरेका छन् । हाँडीखोलाको दर्दरादेखि डिल्लीपुरसम्मको बिग्रेको फायरलायन सडक निर्माण गरेका हुन् ।

बर्षाको कारण आम सर्वसाधारणलाई हिंडडुल गर्नै समस्या भएपछि तरुण युवाको सक्रियतामा कांग्रेस मकवानपुर सभापति, ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहयोगमा ग्राबेलिङ गरिएको जानकारी दिइएको छ । दर्दरादेखि डिल्लीपुरसम्मको बाटो हिलो र पानी जमेको कारण हिंड्नै नसक्ने अवस्था भएपछि तरुण दलले करिब अढाई सय ट्याक्टर ग्राबेल ल्याएर बिग्रेको बाटो मर्मत गरेको हो’, हाँडीखोलाका तरुण नेता शिवराज उप्रेतीले भने, ‘प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसहित स्थानीय सहयोगी हातहरुको सहयोगले हामीले ग्राबेलिङ गरेका हौं ।’

वडा तथा गाउँपालिकाबाट बाटो मर्मत सम्भारको लागि कुनै पहल नभएपछि तरुण दलले सांकेतिक रुपमा खबरदारी समेत गरेको उनले बताए । आफ्नो गाउँ आफैं बनाऔं अभियानलाई सार्थकता दिन तरुण दल जागरुक भएको तरुण दल मकवानपुर उपाध्यक्ष निराजन बर्तौलाले बताए । ‘सर्वसाधारणलाई परेको अप्ठेरोमा तरुण दल सहयोगी भएर उभिनेछ’, उनले भने, ‘यस्तो सामाजिक अभियानलाई हामी निरन्तरता दिनेछौं ।’ बाटो मर्मत कार्यमा कांग्रेस जिल्ला सदस्य नवराज उप्रेती तथा तरुण नेताहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*