समाचार

कञ्चनपुरमा छाउपडी प्रथा अगाल्नेहरु सेवा सुविधाबाट बञ्चित

कञ्चनपुर, १९ साउन । शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला...

लोकप्रिय गायक पुष्कल शर्माको तिजको कोशेली “हिरो”

मकवानपुर १९ साउन । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका पुर्व सन्ध्यामा लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे भाकामा आधारित तीज कोशेली “हिरो”बजारमा आएको छ । पुष्कल शर्माको लय तथा शब्दमा रहेको तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ । तिजको मौलिक परम्परालाई जर्गेना गर्नको लागी...

संगालोद्वारा वातावरण प्रदुषण न्युनिकरणका लागि सचेतना कार्यक्रम

मकवानपुर १९ साउन । हेटैँडा ७ न्युरेनी चिसापानिमा रहेको संगालो टोल विकास सस्थाले वातावरण प्रदुषण न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष बेदप्रसाद भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्व्य समितीका सदस्य देवराज रिमाल , ७ नम्बर वडा सदस्य कृष्ण प्रसाद दाहाल, हरियाली प्रहरी चौकीका पंकज झा...

प्रधानन्यायाधीस बन्ने जोशीको सपनालाई विशेष समितिले तुहायो, काँग्रेसद्वारा बहिस्कार

काठमाडौं, १९ साउन । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई नियुक्त गर्न संवैधानिक परिषद्बाट भएको सिफारिस संसदीय सुनुवाइ विशेष समितिको दुईतिहाइ मतले अस्वीकृत गरेको छ । जोशीका शैक्षिक प्रमाणपत्रहरू शंकाको घेरामा रहेको, जन्ममिति फरक–फरक पाइएको, सार्वजनिक आचरण र विगतका कामकारवाहीको आलोचना भएको भन्दै समितिको शुक्रबारको बैठकले जोशीलाई प्रधानन्यायाधीशमा स्वीकार नगर्ने निर्णय गरेको...

गाँजा तस्करीको ट्रान्जिट बन्दै महोत्तरी

महोत्तरी । प्रहरी र गाँजा तस्करी बीच साउन १ को मध्य राति भिडन्त भयो । एकडारा गाउँपालिका ३ अजम्मरपट्टी पर्सा हुँदै भारत तर्फ गाँजा निकासी गर्न थालिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोली र तस्करबीच गोली हानाहान भयो । त्यस...

भत्केको नहर ठेकेदारले नै बनाउने हो : सरकार

काठमाडौँ । परिक्षणका क्रममा भत्किएको सिक्टा सिँचाई आयोजना ठेकेदार कम्पनीले नै बनाउने सरकारले स्पष्ट पारेको छ । ठेकेदार कम्पनी सिटिसिई कालिका कन्ट्रक्सनले भत्केको नहर बनाउने काम आफ्नो नभएको भनी दावी गरिरहेका बेला उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले औपचारिक रुपमा विज्ञप्ती जारी गरी बिग्र भत्केको नहर निर्माण गर्ने काम ठेकेदार...

अन्तर्राष्ट्रिय क्रिकेट : नेपालको पहिलो जित

काठमाडौँ । कप्तान पारस खड्काले अन्तिम बलमा विकेट लिएपछि नेपालले शुक्रबार एकदिवसीय अन्र्तराष्ट्रिय खेलमा इतिहासकै पहिलो जित हाँसिल गरेको छ । आजको नागरिक दैनिक मा खबर छ । नागरिक दैनिकका अनुसार, अत्यन्तै रोमाञ्चक खेलमा नेदरल्याण्डलाई जित्नका लागि एक बलमा दुई रन चाहिएको अवस्थामा पारसले फ्रेड क्लासेनलाई रनआउट गर्दै नेपाललाई...

मकवानपुरे दुई सांसदको मन्त्री बन्ने सपना स्वाहा

हेटौँडा, १९ साउन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीमा नेकपाका केन्द्रीय सदस्य भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । ढकाल मोरङ ३ बाट निर्वाचित सांसद हुन् । लामो समय ओली निकट रहेर पनि अवसर नपाएका नेताका रुपमा परिचित ढकाल तत्कालिन कानुन मन्त्री शेरबहादुर तामाङले राजिनामा दिएपछि...

खाद्य सम्बन्धी मुद्धामा मकवानपुर एक नम्बर, बारा दुई नम्बर

हेटौँडा, १९ साउन । क्षेत्रीय प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्य पदार्थमा प्रतिकुल देखिएका १ सय १९ उत्पादनविरुद्ध मुद्धा दर्ता गरेको छ । मध्यमाञ्चलका ९ जिल्लामा बजार अनुगमनका क्रममा खाद्य पदार्थमा प्रतिकुल देखिएका व्यवसायी विरुद्ध मुद्धा दायर गरिएको हो । आजको हेटौँडा सन्देशमा समाचार छ । कार्यालयले तेस्रो...

प्रदेश ३ मा कानुन निर्माण सुस्त, ६ महिनामा १० वटा कानुन

मकवानपुर, १९ साउन । समयमै आवश्यक कानुन निर्माण हुन नसकेपछि प्रदेश ३ सरकारलाई काम गर्न कठिन भएको छ । एकातिर लामो समयसम्म संसद स्थगन हुने र काममा सुस्तताका कारण कानुन निर्माणको गति पनि सुस्त बनेको हो । आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ । प्रदेश कानुन निर्माणका लागि सरकारले...