मकवानपुरको मनहरीमा १ सय १३ किलो गाँजा सहित १ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २७, आईतवार १४:५८

मकवानपुर २७ साउन । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । ११३ किलो गाँजा सहित प्रहरीले आज विष्णुभक्त क्षेष्ठलाई बिहान पक्राउ गरेको हो ।

चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गईरहेको ना ४ख २९३ नम्बरको कन्टेनर ट्रक र उक्त ट्रकका चालक श्रेष्ठलाई ३ नं प्रदेश प्रहरी कार्यालय हेटौडाको क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको टोलिले पक्राउ गरेको थियो । श्रेष्ठलाई मकवानपुरको मनहरीबाट नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

कन्टेनरमा लागु औषध ल्याईरहेको भन्ने गोप्य सुचनाको आधारमा पुगेको प्रहरी टोलीले चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ४ बस्ने ४१ बर्षीय बिष्णु भक्त श्रेष्ठलाई उक्त परिणामको लागु औषध गाँजा सहित पक्राउ गर्न सफल भएको हो ।
कन्टेनरको पछाडी पट्टीको भागमा ६ वटा प्लास्टिकको बोरामा राखी लुकाई छिपाई ल्याएको ३५ वटा प्याकेटमा गरी जम्मा ११३ किलो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

बरामद गरीएको गाँजा र सवारी साधन सहित थप अनुसन्धान र कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*