विराटनगर महानगरपालिकाका मेयर पराजुलीकै कार्यकक्ष अगाडी बम विष्फोट
विराटनगर २७ साउन । विराटनगर महानगरपालिकाको कार्यलय भित्रै बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिनै बम विष्फोट भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । विष्फोटको कारण मानविय क्षत्री भने भएको छैन् ।
विस्फोट किन र कसले गरायो भन्ने विषयको अझै पुष्टी हुन सकेको छैन् । कुकर बम बिष्फोट भएको हुन सक्ने अनुमान मेयरको कार्यकक्षमा रहेका उपमेयर र वडाअध्यक्षहरुले लगाएका छन् ।
प्रहरीले कडा सुरक्षाका साथ घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीको जानकारी छ ।
