समाचार

चौकीटोलदेखि फरेष्ट्रिसम्म र राप्तिपुलदेखि बुद्धचोकसम्म आजैदेखि पूर्ण रुपमा पार्किङ निषेध

मकवानपुर, १८ साउन । पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको हेटौँडा उपमहानगरपालिका अन्तगर्त पर्ने सडक खण्डमा आजकै मितिदेखि सवारी पार्किङलाई पूर्ण रुपमा निषेध गरिने भएको छ । मकवानपुरमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा स्थानीय प्रशासन सम्मिलित आजको बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको राप्तिपुलदेखि बुद्धचोक र वन विज्ञान अध्ययन...

भूकम्पले भत्काएको दरबार हाइस्कूल यसरी बन्दैछ

काठमाडौं, १८ साउन । नेपालको ईतिहास जोडिएको दरबार हाइस्कूलको पूननिर्माण सुरु भएको छ । महाभूकम्पका क्रममा क्षति पुगी जिर्ण बनेको भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) लाई चीन सरकारको सहयोगमा पुननिर्माण गर्न लागिएको हो । दरबार हाइस्कुलको शुक्रबार एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित...

ट्याक्सी खोलामा खस्यो, आमा छोरा बेपत्ता

म्याग्दी, १८ साउन । बेनी बजारमा ट्याक्सी चलाउन सिक्ने क्रममा अनियन्त्रित भइ ट्याक्सी खोलामा खसेपछि उक्त ट्याक्सीमा रहेका आमा छोरा बेपत्ता भएका छन् । शुक्रबार बिहान म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्च नजिकै रहेको बहुउद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नम्बरको ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दीखोलामा पर्वतको जलजला–२, बौरकी शोभा...

अस्थायी रुपमा बन्यो त्रिभुवन विमानस्थलको धावनमार्ग

काठमाडौं, १८ साउन । शुक्रबार बिहानै अचानक धावनमार्गमा चिरा परेपछि त्रिभुवन विमानस्थलको धावनमार्ग अस्थायी रुपमा मर्मत गरिएको छ । अस्थायी रुपमा मर्मत गरिएसँगै उडान र अवतरण नियमित भएको छ । शुक्रबार बिहान नियमित उडान र अवतरण भैरहेको अवस्थामा धावनमार्गमा चिरा परेको देखिए लगत्तै दुईपटक उडान र अवतरण बन्द गरिएको...

पहिरोले अलपत्र परेकी गर्भवती महिलाको एपीएफ टोलीद्वारा उद्धार

काठमाडौं १८ साउन । पहिरोको कारण सडक अवरुद्ध भई अलपत्र परेकी एक गर्भवती महिलालाई एपीएफ टोलीले उद्वार गरी अस्पताल पठाएको छ । गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका ७ मेलडाँडा बस्ने करीव २७ वर्षिया रिता कार्की नाम गरेकी ती महिला साउन १७ गते विहान रेसुङ्गा नगरपालिका १३ मा बाटो अवरोध...

त्रिभुवन विमानस्थलको धावनमार्ग चिरा परेपछि कतार एयरवेजको जहाजद्वारा ओभरसुट

काठमाडौं, १८ साउन । त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरापरेपछि दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेजको जहाजले त्रिभुवन विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । धावनमार्ग चिरा परेपछि अवतरण गर्न नसक्दा जहाजले ‘ओभरसुट’ गरेको हो । ‘ओभरसुट’ गरेपछि आकाशमा ६ फन्काभन्दा धेरै घुमेको जहाज अवतरण भएको छ । विमानस्थलले होल्डमा रहेको जहाज अवतरण...

त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा पर्यो, हवाई उडान र अवतरण रोकियो

काठमाडौं, १८ साउन । त्रिभुवन विमास्थलको धावनमार्गमा शुक्रबार बिहानै चिरा परेपछि हवाई उडान र अवतरण रोकिएको छ । बिहान एक्कासी धावनमार्ग चिरा परेपछि उडान र अवतरण रोकिएको हो । अहिले विभिन्न देशबाट आएका जहाज आकाशमै होल्ड भएका छन् । साथै ती जहाजहरुलाई अवतरण गराउनका लागि अहिले विमानस्थल खुला गरिएको...

नगर न्यायिक समितिमा १९ मुद्धा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा हालसम्म १९ वटा मुद्धा परेको समाचार आजको हेटौंडा सन्देश दैनिक मा छ । न्यायिक समितिमा परेका १९ मुद्धा मध्ये २ वटा मुद्धामात्र मेलामिलाप भएका छन् । समितिले अदालत पठाउन सिफारिस गरेका मुद्धा २ वटा छन् । न्यायिक समितिका संयोजक मीना लामाका अनुसार, न्यायसम्पादनलाई प्रभावकारी...

सरकारी भवनमा गैससको रजाइँ

मकवानपुर । एक अन्तर्राराष्ट्रिय गैरसरकारी सस्थाले आफ्नो कार्यक्रम संचालन गर्नका लागि मकवानपुरको सरकारी कार्यालय प्रयोग गरिरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयको भवनमा आइपास नेपाल नामक गैससले भवन प्रयोग गरिरहेको बारेमा आजको हेटौंडा सन्देश ले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार, हिजो मूख्य मन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री...

भारत लैजान लागिएको २०३ किलो गाँजा बरामद, ६ जना पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुर तथा लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा छुट्टाछुट्टै घटनामा २०३ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा एक भारतीय र एक नेपाली गाडी प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, एउटा भारतीय बोलेरो गाडीलाई मकवानपुर जिल्ला...