हेटौँडामा सरसफाईसँगै जनचेतनामुलक कार्यक्रम, १९ वडामा अभियान चल्ने
हेटौँडा, २६ साउन । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समितिको व्यवस्थापनमा हेटौंडा ८ को ओम टोल विकास संस्थादेखि किरणचोक टोल विकाससम्म रहेको मेन रोड सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
आजबाट शुरूवात भएको यो अभियान निरन्तर १९ हप्ता १९ वडामा सन्चालन गरिने समन्वय समितिका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए । यो अभियान वडा स्तरमा सन्चालन गरिने र टोल टोलसम्म अभियान पुग्ने बताइएको छ । कार्यक्रममा आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आँगन सफा राख्न अनुरोध समेत गरिएको थियो । अभियान टोली वडा स्तरिय साप्ताहिक सरसफाइ तथा ७ न सरसफाई उपसमितीको आयोजनामा भएको साप्ताहिक अभियान अन्तर्गत किरण चोक टोल विकास संस्थाको सरसफाइ अभियानमा समेत सहभागी भएको थियो ।

टोल विकास संस्था नगर समन्वय समितिका कार्यवहाक अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गणेश कुमारी श्रेष्ठ, वडा सदस्य कल्पना विक, टोल विकास वडा समन्वय समिति हेटौंडा ८ का अध्यक्ष तथा वडा सदस्य गोतामे मोक्तान, हेटौँडा उपमहानगरपालिका वातावरण शाखाका गङ्गा चौलागाई, भुपेन्द्र पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, सदस्य विष्णु ढुङ्गाना, शुशिला मल्ल लगायत विभिन्न टोल विकास, विद्यालय, सहकारी संस्थाका ३०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।
