समाचार

ईन्टेरीयर प्वाईन्टस प्रालि र सुनौलो शिक्षा नेपालले बिद्यार्थीहरुलाई वितरण गर्यो ट्रयाक सुट

मकवानपुर १८ साउन । वाल संरक्षण र मानव बेचविखनका सवालमा अभिमुखिकरण तथा ट्रयाक सुट वितरण कार्यक्रम सम्पन्न भएको छ । ईन्टेरीयर प्वाईन्टस प्रालि र सुनौलो शिक्षा नेपालको आयोजनामा शिक्षक अभिभावक तथा बालबालिका बिचमा वाल संरक्षण तथा मानव बेचविखनका सवालमा अभिमुखिकरण तथा बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण कार्यक्रम सम्पन्न भएको हो।...

म्याग्दीमा ट्याक्सी नदीमा खसेपछि आमाछोरा बेपत्ता

म्याग्दी, १८ साउन । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा सागर...

इटहरीमा सूचनाको हकबारे पत्रकारलाई दुई दिने प्रशिक्षण

इटहरी, १८ साउन । राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अधिकारका विषयमा जिल्ला तहमा प्रशिक्षक प्रशिक्षण उत्पादन गर्ने उद्देश्यले आयोजित २ दिने प्रशिक्षण तालीम आजबाट शुरु भएको छ । पूर्वी नेपालको झापा मोरङ सुनसरी र धनकुटा जिल्लाको नेपाल पत्रकार महासंघका जिल्ला सभापति एवं अन्य सञ्चारकर्र्मीसहित उक्त प्रशिक्षक प्रशिक्षण तालीममा...

भरतपुर राजश्व कार्यालयले गर्यो २१ अर्ब ८० करोड राजश्व संकलन

चितवन, १८ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको जानकारी दिएको छ । रु १८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो । मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम...

बालिका करणी गरी फरार भएका दास पक्राउ परे

राजविराज १८ साउन । १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका धर्मेन्द्रकुमार दासलाई प्रहरीले आज पक्राउ गरेको छ । बिहुल गाउँपालिका काचन बस्ने २२ बर्षिय दासलाई आज पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा...

रोजगार चौतारीले दियो हेटौंडामा हेबी ईक्यूप्मेन्ट चलाउने तालिम

जी. न्यौपाने मकवानपुर १८ साउन । रोजगार चौतारी नेपालको आयोजनामा हेटौंडामा हेबी ईक्यूपमेन्ट चलाउने सम्बन्धी १ महिने तालिम संचालन भईरहेको छ । बेरोजगार बसेका युवा युवतीहरुलाई सस्तो सुलभ तथा भरपर्दो माध्ययबाट सेवा सुविधा उपलब्ध गराउने उदेश्यले तालिम संचालन गरिएको चौतारी नेपालका व्यवस्थापक सन्तोस धिमालले बताए । उनले भने यो...

जिविसको नाममा रहेको जग्गा भिफफेदी गाउँपालिकाको स्वामित्वमा

मकवानपुर १८ साउन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय बैठकले भिमफेदी गाँउपालिका वडा नम्बर ६ मा रहेको जग्गा भिमफेदी गाँउपालिकालाई दिनेगरी निर्णय भएको छ । साविक जिल्ला बिकास समिती मकवानपुरको नाममा रहेको उक्त जग्गा भिमफेदी गाउपालिकालाई पुर्ण स्वामित्व हस्तान्तरण गर्ने निर्णय मन्त्रालयबाट भएको भिमफेदी गाउँपालिकाका अध्यक्ष...

अन्यौलमा पर्यो हेटौंडाको सडक फराकिलो पार्ने योजना

मकवानपुर १८ साउन । स्थानीय प्रशासन र हेटौंडा उपमहानगरपालिका सम्मिलित आजको बैठकले हेटौंडामा सडक फराकिलो पार्ने योजनालाई अन्यौलता थप्ने संकेत देखिएको छ । पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको हेटौँडा उपमहानगरपालिका अन्तगर्त पर्ने सडक खण्डमा आजकै मितिदेखि सवारी पार्किङलाई पूर्ण रुपमा निषेध गरिने निर्णय गरिएसंगै सडक फराकीलो पार्ने योजनामा...

कानुनमन्त्रीमा ढकाल

काठमाडौँ १८ साउन । प्रधानमन्त्री केपी ओलीले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । बंलादेशमा एम बी बी एस पढ्ने नेपाली चेलीहरुको विषयमा विवादस्पद भनाई सार्वजनिक गरेको भन्दै यस अघिका कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि ढकाल मन्त्री नियुक्त भएका हुनु ।

विषेश समितिले जोशीलाई प्रधान न्यायाधीश नियुक्त गर्न अस्वीकार गर्यो

मकवानपुर १८ साउन । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपनि दुई तिहाई बहुमतले जोशीलाई प्रधान न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको हो । समितिमा जेष्ठ सदस्यको हैसियदले लक्ष्मणलाल कर्णले बैठकको अध्यक्षता गरेका थिए । समितिमा काँग्रेसका ४...