लियो क्लब अफ हेटौँडा सुर्योदयमा नयाँ नेतृत्व
हेटौँडा, २६ साउन । लियो क्लब अफ हेटौँडा सुर्योदयमा नयाँ नेतृत्व चयन भएको छ । क्लबको अध्यक्षमा लियो सौरव अधिकारी चयन भएका हुन् ।
अधिकारीले वर्ष २०१८÷१९ को लागि अध्यक्ष पदको जिम्मेवारी सम्हालेका हुन् । क्लबको प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद लम्साल, द्वित्तिय उपाध्यक्षमा प्रदिप पराजुली, तृतिय उपाध्यक्षमा सुवम लम्साल, सचिव मुकेश कुशुवाह, सहसचिव पृथ्वी नेपाल, कोषाध्यक्ष सविन रिजाल, सहकोषाक्ष्यक्ष निकित पोखरेल, जनसम्पर्क अधिकृत रविन ढुङ्गानासहित २० जनाको कार्य समिति चयन भएको छ ।
लायन क्लबअफ हेटौँडा सूर्योदयका संस्थापक अध्यक्षय तथा प्रमुख अतिथि समेत रहेका किशोर टण्डनले नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै उत्पादनमुलक सामजिक कार्यमा लाग्न सुझाव दिए । लियो क्लव अफ हेटौँडा सुर्योदयका अध्यक्ष हिकमत श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
