नेपाल भारत साहित्य महोत्सव २०१८ बाट सुमार्गी सम्मानित
मकवानपुर २७ साउन । नेपाल भारत साहित्य महोत्सव २०१८ को अवसरमा हेटौडा एकेडेमीका अध्यक्ष अरुण राज सुमार्गी तथा निर्देशक अंकिता सुमार्गी नेपाल भारत अन्तरास्ट्रिय रत्नबाट सम्मानित भएका छन् ।
हेटौडा ११ मा अवस्थित हेटौडा एकेडेमीमा शंनिबार भएको भारतीय र नेपाली कबि तथा साहित्यकारहरुको जमघटमा भारतीय साहित्यकारहरुले कान्तिधारा साहित्य एकेडेमीको तर्फबाट सुमार्गी दम्पतिलाई उक्त सम्मान गरिएको हो ।
कार्यक्रमको उद्घाटन नेपाली तथा भारतीय रास्ट्रिय गान बजाएर सुरु गरिएको थियो।तीनदिने महोत्सब कार्यक्रम अन्तर्गत पहिलो दिन भारतीय साहित्यकार मनोज कुमारले एकेडेमी परिसरमा चम्पारणबाट ल्याएको अशोक ,चम्पा लगायतका बिरुवाको ब्रिक्षारोपन गरेका थिए । कार्यक्रममा बोल्दै डा विजय पण्डितले सुमार्गी परिवारबाट आफु धेरै प्रभावित भएको बताउदै १० बर्षको मेहनत स्वरुप यो कार्यक्रम गर्न सफल भएकोले आफु सुदामा मात्र भएको र मुख्यपात्र कृष्ण त् सुमार्गी नै हो भन्दै सुमार्गीको प्रसंशा गरे ।
नेपाल भारत सम्बन्ध चार दशक देखिको रहेको बताउदै आफुहरुले आजको यो सम्मानलाई आफुहरुले जीवनभर निभाउनु पर्ने बताए । यो नेपाली र भारतीय साहित्यको सुरुवाती भएको बताउदै यहाँ हिन्दुस्तानको चारैकोणबाट कबि तथा साहित्यकारहरु उपस्थित भएको बताए । अध्यक्ष अरुणराज सुमार्गीले सानैमा बुवा गुमाउनु परेका कारण आफ्ना सुरुका दिनहरु संघर्षमय भएता पनि आफ्नो र परिवारको मेहनतका कारण यो स्थानमा आउनुमा खुशी व्यक्त गरे ।
कार्यक्रममा हाइकु बाचन गर्दै अंकिता सुमार्गीले आफु पहिला देखि नै साहित्यमा नभएपनि घरपरिवारको प्रभावले यसतर्फ कलम चाल्न सुरु गरेको बताइन। कार्यक्रममा भारतीय कविहरु डा सरोजनी तनह ,बिर सिं मार्ताण्ड ,दिलदार देहाल्बी ,र सुरेखा कादियाना लगायत नेपाली कविहरु ह्याग्रिब आचार्य ,सुबास खनाल ,पुरुसोत्तम आचार्य ,छबि अनित्य ,भावना सापकोटाले कविता बाचन गरेका थिए। हेटौडा एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षता ,नेपालका बरिष्ठ साहित्यकार तुलसी थापाको प्रमुख आथित्यता र भारतका बरिष्ठ साहित्यकार डा बिजय पण्डितको बिशिस्ट आथित्यतामा भएको कार्यक्रम भएको थियो।
कार्यक्रममा भारतका नया दिल्ली ,सिक्किम ,दार्जलिंग ,लखनउ ,झारखण्ड ,कुरुक्षेत्र ,आसाम,देहरादुन,,सितापुर ,मेरठ लगायत ठाउँबाट कबि र बरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो। आयोजक हेटौडा एकेडेमीको तर्फबाट उपस्थित भारतीय कबि तथा साहित्यकारहरुलाई सम्मानपत्र वितरण गरिएको थियो।

