समाचार
सामाजिक क्षेत्रमै क्रियाशील भइ रहने चाहना छ : गिरी
नवलपरासी जिल्लामा वि.सं.२०४१ साल फागुन २९ गते जन्मिएका सुशीलराज गिरीसँग विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । विशेषगरीः बालअधिकारका क्षेत्रमा विभिन्न अभियानमार्फत संलग्न भएर कार्य गरेको अनुभवले उनी बालअधिकार अभियन्ताका रुपमा चिनिन्छन् । बाबु विश्वराज विमल र आमा रविमाया गिरीका चार सन्तान मध्येका जेठो सुशील २०४२ सालदेखि हेटौंडाका स्थायीबासी...
बिहीबार पनि विदेशी मुद्राको मूल्य सस्तो, यस्तो छ विनिमय दर
काठमाडौं, १७ साउन । बुधबार ओरालो लागेको विदेशी मुद्राको विनिमयदर आज झनै ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३० रुपैयाँ १६ पैसा छ । त्यस्तै एक साउदी रियालको खरिददर २९ रुपैयाँ १२ पैसा...
यसरी हेर्नुहोस् कक्षा १२ को परीक्षाफल
काठमाडौँ, १७ साउन । कक्षा १२ को परीक्षाको नतिजा बिहीबार बिहान सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । गत बैशाखमा १२ कक्षाको परिक्षा संचालन भएको थियो । जसमा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए...
हेटौँडामा सञ्चालित कुक तालिममा उत्कृष्ट भएकालाई पुरस्कार वितरण
मकवानपुर, १७ साउन । मकवानपुरको हेटौँडामा सञ्चालित १० महिने पेशागत कुक तह २ तालिममा सहभागी उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । बुधबार हेटौँडामा भएको अभिभावक भेलामा तालिममा उत्कृष्ट प्रथम, दोस्रो र तेस्रो हुन समूहलाई मेडल र प्रमाणपत्र वितरण गरिएको हो । जेठ १७ गतेदेखि सञ्चालित तालिममा...
रेडियो अनमोलद्वारा ५५ जनालाई आधारभूत रेडियो पत्रकारिता तालिम प्रदान
मकवानपुर, १६ साउन । हेडम्बा मिडिया प्रालिद्वारा सञ्चालित रेडियो अनमोल ९० मेगाहर्जले साउन १० गतेदेखि थालेको ‘आधारभूत रेडियो पत्रकारिता तथा स्टेज पर्फोमेन्स तालिम’ आज समापन गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा सञ्चालित तालिमको आज समापन कार्यक्रम आयोजना गरी तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको...
वीरगञ्ग ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै
वीरगञ्ज १६ साउन । केही समययता पर्साको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । सडक पेटीको अभाव, जथाभावी चौपाया छोड्नु, पैदल यात्रीमा ट्राफिक नियमको चेतना नहुनु, जथाभावी सवारीसाधन पार्किङ गर्नु, सडकपेटीमा फुटकर व्यापार गर्नु, सडक नै ढाकेर राजनीतिक तथा धार्मिक कार्यक्रम गर्नुजस्ता कारणले पर्साको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ...
बर्खामा यस्तो कुरुप देखिन्छन् हेटौंडाका सडक (फोटो फिचर)
मकवानपुर १६ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका सडकहरु बर्खामा निकै कुरुप देखिने गरेका छन् । सडकमा कतै हिलो कतै सडककै बिचमा प्वाल परेका दृश्यहरु त झन देख्दा निकैनै दयनिय अवस्थामा छन् । प्रदेशको राजधानी समेत रहेको हेटौंडाको संसद भवन वरीपरीको सडकको अवस्था त झन खेत रोप्न तयार पारीएको हिले...
भारत र चीनमध्ये पहिला कुन देश जालान् प्रचण्ड ?
काठमाडौँ १६ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन र भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा आएका आएको छ । तर पहिला कुन देशको भ्रमण गर्ने तय हुन सकेको थिएन । चीन तयारीमा जुट्यो । प्रचण्डलाई अगस्टको पहिलो हप्ता चीन भ्रमण गराउने तयारी सुरुभयो । यसैबीचमा...
पालुङमा खुल्यो महिन्द्रा प्युरिफायरको डिलर
मकवानपुर, १६ साउन । महिन्द्रा प्युरिफायर प्रा.लि.को बुधबार पालुङमा डिलर उद्घाटन गरिएको छ । डिलरको आज एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि एवं थाहा नगरपालिकाका मेयर लवसेर विष्टले पानसमा बत्ति बालेर तथा रिबन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर विष्टले जनताको स्वास्थ र सुबिधाका विषयमा आफुहरु गम्भिर...
३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा हेटौंडा अस्पताल परिसरको छाता ओढेर अनुगमन( फोटो फिचर)
मकवानपुर १६ साउन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरपणि पौडेलले हेटौंडा अस्पताल परिसरको अनुगमन र सुधारका लागि आदेश दिएका छन् । मंगलबार मुख्यमन्त्री पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल लगाएतले अस्पतालको अनुगमन गरेका हुन् । अस्पातालमा परिषर व्यवस्थीत नभएको , विभिन्न कक्ष संचालनका लागि भवन पर्याप्त नभएको र हाल निर्माणाधिन...










