मकवानपुरको २४ वटा पत्रिका बर्गीकरणमा, हेटौंडा सन्देश क्षेत्रिय स्तरको ‘क’ बर्गमा

तु खबर संवाददाता
२०७५ श्रावण २५, शुक्रबार १२:३६

मकवानपुर २५ साउन । प्रेस काउन्सील नेपालले पत्रपत्रिकाको बर्गीकरण नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मकवानपुरका ५ वटा दैनिक पत्रिका बर्गीकरणमा परेका छन् । क्रमश मकवानपुरमा लामोसमयदेखि संचालनमा आएको हेटौंडा सन्देश राष्ट्रिय दैनिक क्षेत्रिय स्तरको ‘क’ बर्गमा, साझाकुरा राष्ट्रिय दैनिक स्थानीय स्तरको ‘क’ बर्गमा, समृद्ध समाज राष्ट्रिय दैनिक स्थानीय स्तरको ‘ग’ बर्गमा, प्रदेश दैनिक स्थानीय स्तरको ‘घ’ बर्गमा , र थाहा सन्देश राष्ट्रिय दैनिक पनि स्थानीय स्तरको ‘घ’ बर्गमा परेका छन् ।

त्यसैगरी मकवानपुरका साप्ताहिक पत्रिकाहरुमा क्रमश मकवानपुरको पुरनो पत्रिका प्रयास साप्ताहिक स्थानीय स्तरको ‘क’ बर्गमा, हेटौंडा वा.पौ साप्ताहिक स्थानीय स्तरको ‘ख’ बर्गमा ,निकास साप्ताहिक स्थानीय स्तरको ‘ख’ बर्गमा परेका छन् । स्थानीय स्तरको ‘ख’ बर्गमै अखबार साप्ताहिक, मध्यस्थता साप्ताहिक, सहिखबर साप्ताहिक, थाहा दर्शन साप्ताहिक, हेटौंडा खबरपत्र साप्ताहिक, विकास खबर साप्ताहिक, हेटौंडा टाईम्स साप्ताहिक, परेका छन् । साम साप्ताहीक ‘घ’ बर्गमा परेको छ । ताम्सालिङ काअी ग बर्गमा परेको छ ।

त्यसैगरी लोकभावना त्रैमासीक क्षेत्रिय ‘ख’ बर्गमा परेको छ । मिसाईल पाक्षिक स्थानीय स्तरको ‘क’ बर्गमा ,हाम्रो मात्रृभुमी साहित्यीक ‘घ’ बर्गमा परेको छ । अक्षय अक्षर साहित्यीक ‘क’ बर्गमा परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*