लुटपाटको अभियोगमा २ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २५, शुक्रबार १८:२४

सिरहा २५ साउन । नगद लुटपाट गरेको अभियोगमा प्रहरीले लहान नगरपालिका ३ बस्ने २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहरलाई बिहीबार पक्राउ गरेको छ ।

कर्जन्हा नगरपालिका ११ बस्ने रामकुमार यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको नगद १ लाख रुपैयाँ लिई घरतर्फ जाने क्रममा एउटै म्याजिकमा सवार उनीहरुले धनगढीमाई नगरपालिका १० स्थित धनगढी बजारमा पुग्दा उक्त नगद लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई फेला पारी जाँच गर्दा फुलकुमारीले बोकेको झोलाबाट उक्त लुटिएको रकम बरामद भएको थियो ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*