समाचार

जिल्लाको शान्ति र सुरक्षाका लागि सक्रिय भएर लाग्छु : सिडिओ तामाङ

मकवानपुर १५ साउन । मकवानपुरमा हालसालै आएका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मकवानपुर जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले आज प्रजिअ तामाङको स्वागत गर्नको लागि आयोजना गरेको एक कार्यक्रममा बोल्दै तामाङले यो जिल्ला नाकाबाट नजिक र अन्य स्थानमा जाने माध्यमको रुपमा यो जिल्ला रहेकोले...

तु खबर समाचार प्रभाव : दामन सहरी स्वास्थ्य केन्द्रमा भयो विद्युत विस्तार

बलराम पुडासैनी मकवानपुर १५ साउन । मकवानपुरको उत्तरी क्षेत्रस्तिथ दामन सहरी स्वास्थ्य केन्द्रमा विद्युत विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण पालुङ शाखाको ढिलासुस्तीका कारण विद्युत विस्तार अलपत्र परेको स्वास्थ्य केन्द्रमा अहिले भने बत्ती बल्ने भएको छ । स्वास्थ्य केन्द्रले नेपाल बिद्युत प्राधिकरण पालुङ शाखालाई पटक पटक सहयोग माग्दा...

मकवानपुर बहुमुखि क्याम्पस प्रशासनले मनोमानी गरेको भन्दै विद्यार्थीहरुले दिए ४८ घण्टे अल्टिमेटम

मकवानपुर १५ साउन । मकवानपुर बहुमुखि क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रशासनको लापरवाही भएको भन्दै सुधार गर्नको लागि ४८ घण्टे अल्टिमेटम दिएका छन् । क्याम्पस प्रशासन चुस्त दुरुस्त नभएको र क्याम्पस प्रशासनले स्ववियुको अधिकारमाथी हस्तक्षेप गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस समितिका विद्यार्थीहरुले आज अल्टिमेटमपत्र क्याम्पसमा बुझाएका छन्...

‘नेपाली काँग्रेस मुर्दावाद’ भनेपछि सापकोटाले खाए कुटाई

मकवानपुर, १५ साउन । नेपाली काँग्रेसले सरकार विरुद्ध आज मकवानपुरमा गरेको प्रदर्शनका क्रममा काँग्रेस कार्यकर्ताको पिटाइबाट एक जना घाईते भएका छन् । नेपाली काँग्रेसका सभापति इन्द्रबहादुर बानियाँले बोल्दै गर्दा हेटौंडा ६ चौघडा बस्ने सन्तोष सापकोटा जुलुसमा छिरेर काँग्रेसको आन्दोलन गलत भएको र स्थायी सरकारले ५ वर्ष ढुक्कले काम गर्न...

ट्राफिक अपडेट–मोटरसाईकलले साईकललाई ठक्कर दिँदा भोलाको ज्यान गयो

धनुषा, १५ साउन । धनुषाको मिथिला नगरपालिका ६ कृषी कार्यालय नजिक सडकखण्डमा मोटरसाईकलले साईकललाई ठक्कर दिदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकलयात्री स्थानिय ५० बर्षिय भोला महतो रहेका छन् । दुर्घटनामा परी घाईते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।...

मकवानपुरका सिडिओ तामाङ भन्छन् : “जहाँ इस्यू त्यहाँ एक्सन लिन्छु ”

मकवानपुर १५ साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मकवानपुरको शान्ति सुव्यवस्था कायम गर्नको लागि प्रशासन क्षेत्रबाट सक्रिय भएर काम गर्ने बताएका छन् । आज पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्यकालमा जहाँ ईस्यू त्यहाँ एक्सन लिने बताए । उनले विभिन्न संघसस्था संगको समन्वय र अनुगमनमा जोड दिने समेत...

काँग्रेसको विरोध र्याली यस्तो भयो हेटौँडामा (फोटो फिचर)

मकवानपुर, १५ साउन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध सडकमा विरोध प्रर्दशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा समेत विरोध प्रदर्शन भएको छ । कांग्रेसले सरकार विरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो । नेपाली काँग्रेस मकवानपुर जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध र्यालीले मकवानपुरका विभिन्न क्षेत्र...

विरोध र्याली गर्दै हेटौँडाको सडकमा यसरी उत्रिए काँग्रेस कार्यकर्ताको हुल (भिडियो)

मकवानपुर, १५ साउन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध सडकमा विरोध प्रर्दशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा समेत विरोध प्रदर्शन भएको छ । कांग्रेसले सरकार विरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो । नेपाली काँग्रेस मकवानपुर जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध र्यालीले मकवानपुरका विभिन्न क्षेत्र...

सनाखत हुन नसकेको एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं १५ साउन । जुम्ला तिला गाउँपालिका २ ढुङ्गेधारास्थित तिला नदीको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको हाल सम्म नाम थर केहि खुल्न नसकेको प्रकरीले जानकारी दिएको छ । सोमबार मृत अवस्थामा फेला परेका उनको उमेर करिब ४० बर्षको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।...

पदमपोखरीमा आगलागी पीडितलाई सहयोग

मकवानपुर, १५ साउन । २ महिना अघि घरमा आगलागी भएर समस्यामा परेकी हेटौँडा १३ पदमपोखरी निवासी आगलागी पिडितलाई एक सहकारीले सहयोग गरेको छ । सहकारीको शेयर सदस्य समेत रहेकी सिता थिङलाई महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पदमपोखरीले खाद्यान्न तथा नगद सहयोग गरेको हो । सहकारीका शेयर...