समाचार
हेटौँडामा काँग्रेसको विरोध जुलुस सुरु
मकवानपुर, १५ साउन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध सडकमा विरोध प्रर्दशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा समेत विरोध प्रदर्शन भएको छ । कांग्रेसले सरकार विरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो । हिजो पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरले प्रर्दशनको जानकारी गराएको थियो । कांग्रेस मकवानपुरका...
लागुपदार्थ ओसारपसारमा सम्लग्न मगर सोमबार नागढुंगामा परे पक्राउ
काठमाडौं १५ साउन । लागुऔषध लुकाईछिपाई ओसारपसार गरेको अभियोगमा प्रहरीले सोमबार रोल्पा घर भएका ३६ बर्षीय सोतबहादुर मगरलाई पक्राउ गरेको छ । चन्द्रगिरी नगरपालिका २ नागढुंगा चेकपोष्टमा बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८८४८ नम्बरको यात्रु बाहक बस जाँच गर्नेक्रममा बसमा सवार मगरले झोलामा लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा...
मकाउ पठाउँछु भन्दै सर्वसाधारणलाई ठगी गर्ने ५० बर्षीय भण्डारी पक्राउ
काठमाडौं १५ साउन । मकाउ पठाउँछु भनी ठगी गरेको अभियोगमा सुनसरी धरान घर भएका ५० वर्षीय बालकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । मकाउमा राम्रो तलब सुविधा सहितको रोजगारीको अवसर छ भनी २३ जनाबाट प्रतिव्यक्ति २ लाख ७५ हजार रूपैयाँ उठाई ठगी गरी फरार भएका भण्डारीलाई खोजतलास गर्ने क्रममा...
राप्तिरोडमा प्रहरी लगाएर नो पार्किङमा कडाई
हेटौँडा, १५ साउन । करिब एक महिना अगाडि नो पार्किङ क्षेत्र घोषणा गरिएको राप्रिोड क्षेत्रमा हिजो व्यवसायीले पार्किङ गरेपछि हेटौँडा उपमहानगरपालिकाले कडा एक्सन लिएको छ । राप्ती रोडमा मात्र उपमहानगरपालिकाले नो पार्किङ कायम गर्दा व्यवसाय धरापमा परेको भन्दै हिजो सोमबार व्यवासायीले नो पार्किङको अवज्ञा गरेका थिए । जिल्ला प्रहरी...
मकवानपुरका नयाँ सिडिओलाई कार्यभार सम्हाल्ने बित्तिकै ३५ बुँदे ज्ञापन पत्र
मकवानपुर, १५ साउन । मकवानपुरमा सरुवा भइ आएका मकवानपुरका नयाँ प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई संयुक्त ट्रेड युनियन संघर्ष समितिले ३५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । समितिले आज जिल्ला प्रशासन कार्यालय मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुग्ने गरी सिडिओ तामाङलाई ज्ञापन पत्र बुझाएको हो । अखिल...
नेपाल निजामति कर्मचारी संगठनले गर्यो बृक्षरोपण
मकवानपुर १५ साउन । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा शहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नं १५ को कार्यालय परिसरमा विभिन्न जातका २०० गोटा विरुवा रोपिएको हो । जिल्ला कार्य समितिका अध्यक्ष शहदेव आचार्यको अध्यतामा आयोजित...
हेटौंडाका मेयर महतलाई तु खबरको प्रश्न : “खाली एकल निर्णय लिनुहुन्छ, तपाई मुडी हुनुहुन्छ हो ?”
मकवानपुर १५ साउन । मकवानपुरको हेटौंडामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । नो पार्किङको विषय चर्चामा छ । अटो व्यवसायीहरुको पनि आफ्नै गुनासो छ । हेटौंडा उपमहानगरपालिका र जिल्ला ट्राफिकको एकल निर्णय अनुसार नो पार्किङ लागु गरिएको भन्दै मउवा संघले आन्दोलन समेत गरिरहेको छ । साथै नो पार्किङ लागु...
मनहरीमा फेरि पाटे बाघको आक्रमण, बस्ती त्रासमा
मकवानपुर, १४ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपाडमा पाटे बाघको त्रास बढेको छ । बाघले ३ वटा बाख्रा मारेसँगै त्रास बढेको हो । बाघले मनहरि ६ डिपाड निबासी कुलमान डिम्डुङको एउटा बाख्रालाई जंगलमा चराउने क्रममा हिजो दिउँसो आक्रमण गरी मारेको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिए...
हेटौँडाबाट उठ्यो आवाज–‘स्थानीय तहमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी नराखेकोमा हाम्रो आपत्ति छ’
हेटौँडा, १४ साउन । सरकारले स्थानीय निकायमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम नगरेको भन्दै मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले हेटौँडाबाट आपत्ती जनाएको छ । हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै मेलानले गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकामा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम गर्न माग गर्दै आपत्ती जनाएको हो । मेलानका केन्द्रीय...
राप्तिरोडमा व्यवसायीद्वारा एकतर्फि पार्किङ, मेयर महतको आदेशले फेल खायो
हेटौँडा, १४ साउन । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको एकल निर्णयमा हेटौँडाको राप्तिरोडमा पार्किङ निषेध गरिए पनि आज व्यवसायीहरुले उनको निर्णयलाई फेल गराई दिएका छन् । मेयर महतको ठाडो आदेशमा गरिँदै आएको नो पार्किङलाई राप्तिरोडका व्यवसायीहरुले अवज्ञा गर्दै एकतर्फि पार्किङ गरेका हुन् । गएको असार १७ गते मेयर महतको...










