विक्की कार्की पहिलोपटक म्युजिक भिडियोमा

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १०:१२

काठमाडौँ २४ साउन । दोलखाका विक्की कार्की पहिलोपल्ट ‘यो जिन्दगी’ नामक म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । उनलाई रेखा, सुमन र निरुताले अभिनयमा साथ दिएका छन् ।
केही वर्षअघि कुशल हिरो बन्ने आकांक्षा बोकी उनी राजधानी छिरेका हुन् ।

दोलखा तामाकोशी गाउँपालिका वडा नं १ तत्कालीन भीमकोट गाविस वडा नं ८ मा वि.सं. २०४४ सालमा नरबहादुर कार्की र आमा मानकुमारी कार्की सुपुत्रको रुपमा विक्कीको जन्म भएको हो । दुई दिदी र एक दाजुका भाइ विक्कीले प्लस टुसम्मको शिक्षा गाउँबाटै लिएर उच्च शिक्षा तथा अवसरको खोजी गर्दै राजधानी छिरेका हुन् ।

विक्कीले राजधानी छिरेपछि मीनभवन क्याम्पसमा वाणिज्य शास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । विक्की अहिले निर्माण व्यवसायमा संलग्न छन् ।

फुर्सदको समयमा कलाकारिता र समाजसेवामा समेत सक्रिय हुँदै आएका उनी अविवाहित युवा हुन् । पाख्रिन नृत्य कला केन्द्रबाट डान्स र अभिनय सिकेका उनले आफ्ना कलाकारिताको गुरु दिनेश पाख्रिन रहेको बताउँछन् । त्यस्तै केही समयसम्म द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठसँग पनि औपचारिक ज्ञान हासिल गरेको उनी बताउँछन् ।
यसको अतिरिक्त विक्की सानैदेखि खेलकुदमा रुचि राख्ने उनले सितेरियो कराँतेमा ब्लकबेल्ट समेत लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*