समाचार
खोलाले बगाएर मकवानपुरका सूर्यबहादुरको ज्यान गयो
मकवानपुर, १६ साउन । मकवमनपुरको बकैया गाउँपालिकामा रहेको बकैया खोलाले बगाएर वडा नम्बर ४ स्थित पहरेका सूर्यबहादुर सञ्जेलको मृत्यु भएको छ । मंगलबार साँझ बकैया खोला तर्ने क्रममा पहरेबाट बगाएको उनलाई केहि समयपछि बकैया ४ अजिंगरेमा मृत अवस्थामा फेला पारिएको थियो ।
हेटौँडामा राजमार्ग क्षेत्रको ट्राफिक र पार्किङको जिम्मा अब प्रहरी र प्रशासनलाई
मकवानपुर, १६ साउन । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजार क्षेत्रको राजमार्गमा ट्राफिक व्यवस्थापन तथा पार्किङको जिम्मा प्रशासन र प्रहरीलाई दिने निर्णय गरेको छ । उपमहानगरपालिकाको यो निर्णयसँगै करिब एक महिनादेखि पार्किङका विषयलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघ र उपमहानगरपालिकाबिचको किचलो समेत समाप्त भएको छ । संघले तय गरेको आन्दोलनका कार्यक्रम...
बुधबार घट्यो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १६ साउन । मंगलबारको तुलनामा बुधबार विदेशी मुद्राको विनिमय दर कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९१ पैसा र...
राक्सिराङमा काँग्रेस बिरुद्ध चर्किए सांसद ओम घलान
मकवानपुर, १६ साउन । प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद ओम घलानले नेपाली काँग्रेसले पार्टी प्रवेशको नाममा राक्सिराङका गरिब जनतालाई रनभुल्ल पारेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राक्सिराङ गाउँपालिका वडा नम्बर ५ को कार्यकर्ता परामर्श एवं प्रशिक्षणात्मक कार्यक्रममा प्रमुख अतिथि रहेका घलानले कार्यक्रममा बोल्दै काँग्रेसले पार्टी...
पूर्वसांसद जोशीको गएराति निधन
बैतडी १६ साउन । नेपाली काँग्रेसका तर्फबाट पूर्वसाँसद कृष्णकुमार जोशीको गएराति निधन भएको छ । बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद जोशीको मंगलबार निधन भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए...
बाख्रा चराउन गएका बालक महाकाली नदीमा खसेपछि
डडेल्धुरा १६ साउन । बाख्रा चराउन भनेर घरबाट निस्कीएका बालक महाकाली नदिको किनारमा पानी पानी खान खोज्दा ढुंगाबाट चिप्लेर नदीमा बेपत्ता भएका छन् । ११ बर्षका बालक नदीमा खसेपछि बेपत्ता भएका हुन् । डडेल्धुरा पर्शुराम नगरपालिका–५ घर भएका प्रवेश सिंह बेपत्ता घरबाट बाख्रा चराउन निक्लीएका थिए तर उनी महाकाली...
सामाजिक क्षेत्रमै क्रियाशील भइ रहने चाहना छ : शुशील गिरी
मकवानपुर १६ साउन । नवलपरासी जिल्लामा वि.सं.२०४१ साल फागुन २९ गते जन्मिएका सुशीलराज गिरीसँग विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । विशेषगरीः बालअधिकारका क्षेत्रमा विभिन्न अभियानमार्फत संलग्न भएर कार्य गरेको अनुभवले उनी बालअधिकार अभियन्ताका रुपमा चिनिन्छन् । बाबु विश्वराज विमल र आमा रविमाया गिरीका चार सन्तान मध्येका जेठो सुशील...
युएईमा भएका अबैधानिक नेपालीलाई खुशीको खबर–आजदेखि युएईमा ३ महिना आममाफी लागू
युएई, १६ साउन । युएईमा अवैधानिक रुपमा बसिरहेका नेपालीहरुलाई ३ महिनाको लागि आममाफी दिइएको छ । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि अगस्ट १ बाट ३ महिनासम्मका लागि आम माफी दिएका कारण नेपालीले पनि यो मौका पाएका हुन् । ३ महिने आममाफी सुरु भएसँगै...
भुकम्प प्रभावित जोखिम परिवारलाई जग्गाधनी पुर्जा
मकवानपुर १६ साउन । भुकम्प प्रभावित जोखिम परिवारहरुलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नका लागि मकवानपुरको राक्सीराङ्ग गाउँपालिकाका ८ परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको छ । जिल्ला कार्यान्वयन इकाईको आर्थिक सहयोगमा राक्सीराङ्ग गाउँपालिकासँग सहकार्य गरि सामुदायिक आत्म निर्भर केन्द्र/ दीगो समाधानले मंगलबार पुर्जा हस्तान्तरण गरेको हो । राक्सीराङ्ग गाउँपालिका अन्तरगतको...
सिडिओ साहेब सुधार्नुस् , दुषित छ हेटौंडामा बेचिने जारको पानी
बलराम पुडासैनी / जी. न्यौपाने मकवानपुर १५ साउन । मकवानपुरको हेटौंडामा पछिल्लो समय पानी किनेर खान उपभोक्ताहरु झस्कन थालेका छन् । कारण जारको पानीमा कहिले किरा भेटिने अनि कहिले कमिला । “महंगो शुल्क तिरेर पानी किन्यो तर पिउन भनेर पानी सार्न खोज्दा किरा भेटिन्छन् । हेटौंडाका उपभोक्ताहरुले गुनासो गर्न...










