तत्कालिन एमाले मकवानपुर बैठकको गोप्य सहमति, अध्यक्षका लागि ४ जनाको नाम सिफारिस
हेटौँडा, २४ साउन । तत्कालिन नेकपा एमाले जिल्ला सचिवालय मकवानपुरको आज बसेको बैठकले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मकवानपुरको अध्यक्षको लागि ४ जनाको नाम सिफारिस गर्ने सहमति गरेको छ ।
तु खबरलाई ढिलागरी प्राप्त भएको जानकारी अनुसार पार्टी नेतृत्वका लागि मकवानपुरबाट श्रीधर पोखरेल, बद्री लम्साल, तत्कालिन एमाले जिल्ला अध्यक्ष एवं हाल सांसद रहेकी मुनु सिग्देल र एकलाल श्रेष्ठको नाम प्रदेश कार्यदलमा पठाउने सहमति भएको छ ।
४ जनाको नाम प्रदेश कार्यदलमा सिफारिस गरिने गरी सहमति जुटेपनि सचिवालय बैठकमा सहभागी सचिवालय सदस्यहरुले सबैलाई समानुपातिक हिसाबमा जिम्मेवारी बाँडफाँड गरिनुपर्ने लगायतको माग गरेको श्रोतले बतायो ।
नेकपा मकवानपुरको नेतृत्वको लागि तत्कालिन एमाले नेता श्रीधर पोखरेलको पक्षमा सचिवालय सदस्यहरु रहेको समेत श्रोतले दाबी गरेको छ ।
भदौ ५ गतेसम्म जिल्ला तहमा एकता गर्ने केन्द्रिय निर्देशन भए अनुसार जिल्लामा एकता पश्चात जिम्मा पाउने नेताको नाम साउन २५ भित्रनै कार्यदलमा पठाउनुपर्ने छ ।
