एमाले मकवानपुरको कार्यदल बैठक सकियो, नेकपा अध्यक्षको विषय अझै टुङिगएन

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १७:१२
File Photo

मकवानपुर २४ साउन । तत्कालिन नेकपा एमाले मकवानपुरको कार्यदल बैठक भर्खरै सकिएको छ । बैठकबाट अध्यक्ष कसलाई चयन गर्ने भन्ने विषयमा कुनै टुङगो नलागेपछि भोलि पुन बैठक बस्नेगरि आजलाई स्थगित गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

यद्यपी बैठकबाट एक व्यक्तीले पार्टीमा एउटामात्र पदको जिम्मेवारी पाउनेगरी प्रश्ताव अघि सारीएको स्रोतको जानकारी छ । एउटै नेताले विभिन्न जिम्मेवारी सम्हाल्दा पार्टी सुदृढ र समृद्ध बनाउन असहज हुने भएकोले यसअधि अवसर नपाएकाहरुलाई मकवानपुरको नेतृत्वदिने गरि प्रश्ताव अधि सारीएको बैठकमा सम्मिलित एक नेताले जानकारी दिए ।

बैठकमा यस्तो प्रस्ताव आउनुले हाल सांसद रहेका नेताहरुको संभावना न्यून देखिएको छ ।

भदौ ५ गतेसम्म जिल्ला तहमा एकता गर्ने केन्द्रिय निर्देशन भए अनुसार जिल्लामा एकता पश्चात जिम्मा पाउने नेताको नाम साउन २५ भित्रनै कार्यदलमा पठाउनुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*