बेवारीसे शव फेला पर्यो

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १६:४३
file photo

काठमाडौं २४ साउन । बारा कोल्हबी नगरपालिका ८ काठगाँउस्थित जंगलमा बेवारीसे शव फेला परेको छ । अंदाजी ४५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

त्यसैगरी धादिङ गजुरी गाउँपालिका २ चालिसेस्थित सडक छेउमा वेवारीसे शव फेला परेको छ । ८० वर्षीया महिला टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा बिहीबार फेला परेकी प्रहरीले जानकारी दिएको छ ।

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*