मेयर ज्यू, अब हेटौंडाका जनता चाहिँदैन ?
मकवानपुर २७ साउन । करिब १ महिनादेखि हेटौंडा बजार क्षेत्र ‘नो पार्किङ’ जोनको समस्यामा गुज्रिरहेको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालय मार्फत् नो पार्किङ क्षेत्र घोषणा गरेपछि व्यवसायीदेखि आम सर्वसाधारण मारमा परेका छन् । १५ महिनाअघि तीनै व्यवसायी र हेटौंडेली जनताको मत पाएर हेटौंडा उपमहानगरपालीकाको प्रमुख ९मेयर०मा निर्वाचित भएका हरिबहादुर महतको निर्णय र कठोर मनस्थितिका कारण अहिले आफ्नो व्यवसाय बन्द गरेर बिरोधमा उत्रन बाध्य छन् बजार क्षेत्रका व्यवसायीहरु । व्यवसायी त प्रत्यक्ष मारमा परेकै छन्, सर्वसाधारणले समेत सास्ती भोग्नु परेको छ ।
पूर्वतयारी बिनै बजार क्षेत्रभर पार्किङ निषेध गर्नु कतिको जायज हो, एउटा जनप्रतिनिधिले सोच्नु पर्छ वा पर्दैन रु आफ्नो अधिकारको प्रयोग गर्दा हजारौंले दुःख भोग्छन् र उनीहरु विरोधमा उत्रिन्छन् भन्ने सामान्य सोचाइ नराख्ने मेयर ज्यूलाई अब हेटौंडाका जनताको साथ चाहिँदैन जस्तै व्यवहार देख्दा सबै दिक्दार भइसकेका छन् । मकवानपुर उद्योग वाणिज्य संघले पटकपटक छलफल, आग्रह र विकल्पसहितको प्रतिवेदन पेश गर्दा समेत कठोर बनेका मेयर महतले कतै हेटौंडाका व्यवसायी, उद्योगीदेखि सबै सर्वसाधारणसँग जनता र जनप्रतिनिधिबीचको नाता तोड्ने मनसाय राखेका त छैनन् रु जस्ता प्रश्न देखा परेको छ ।
आफ्नो व्यवसायनै धरापमा पर्ने भएपछि अहिले व्यवसायी विरोधमा उत्रिरहेका छन् । बजार क्षेत्रलाई बिना तयारी नो पार्किङ घोषणा गर्दा कहाँ कसरी पार्किङ गर्ने अत्तोपत्तो छैन । उपमहानगरपालिका कार्यालयले तोकेका स्थान पुरै झाडी, घारी र फोहोरले भरिएको छ । तर, अहिले तोकिएकै स्थानमा पार्किङ गर्न जोड गरिरहेको देखिन्छ । उपमहानगरपालिकाले नो पार्किङ क्षेत्र तोक्न सक्छ, त्यो उसको अधिकार क्षेत्रभित्र पर्दछ । तर, सामान्य तयारी, छलफल, सल्लाहबिना चोकचोकमा ‘नो पार्किङ’को साइनबोर्ड राख्दैमा सबै सहमत हुनुपर्छ भन्ने जरुरी छैन ।
संघीय लोकतान्त्रिक व्यवस्था लागु भइसकेको अवस्थामा एउटा जनप्रतिनिधिले आफ्नो हुकुम लाद्न खोज्नु र आफ्नो निर्णयबाट एक कदम पछि हट्दिन भन्दै कठोरपना देखाउनु समस्या समाधान होइन र लोकतान्त्रिक पद्धति भित्र त्यस्ता कठोरपन गर्दैन । सामान्य माग, सरसल्लाह छलफल र विकल्पलाई नेतृत्वले ध्यान दिनुपर्छ । सबैको सुझावलाई आत्मसात गर्नुपर्छ र व्यवसायीदेखि सर्वसाधारणलाई मार नपर्ने गरी आफ्नो निर्णय कार्यान्वयन गर्नुपर्छ त्यसलाई भनिन्छ लोकतान्त्रि पद्धति । यस्ता सवालबारे मेयर ज्यूलाई जनकारी गराइरहनु पर्छ जस्तो लाग्दैन ।
अहिले उपमहानगरपालिकाको निर्णयको विरोधमा वडा अध्यक्षले समेत खुलेर प्रतिक्रिया दिइरहेका छन् । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रेस विज्ञप्ति मार्फत् विरोध जनाएको छ । मेयर ज्यूको निकटतम प्रतिद्वन्द्वी आनन्दराम पराजुलीले सामाजिक सञ्जाल मार्फत् विरोध जनाउनु भएको छ । ‘नो पार्किङ’लाई केहि सहज बनाइने मागबारे के अब सडक आन्दोलनको आवश्यकता परेको हो र रु पक्कै पनि हेटौंडेली व्यवसायी र सर्वसाधारण त्यो चाहँदैनन् । उनीहरुले सहजै यो समस्या समाधान होस् । विकल्प खोजियोस् भन्ने अपेक्षा राखेका छन् । त्यो कुरा मेयर ज्यूले, बुझ्नु पर्ला की नपर्ला वा उहाँलाई अब हेटौंडेली जनता चाहिँदैन रु आम हेटौडाका ब्यबसायीहरुले महतलाई प्रश्न गरेकाछन् ।
हेटौंडा सन्देश राष्ट्रिय दैनिकमा आज प्रशासित सम्पादकीय
