अघिल्लो आर्थिक वर्षमा ३ लाख २३ हजारले गर्भपतन गराए
काठमाडौं २८ साउन । अघिल्लो आर्थिक वर्षमा तीन लाख २३ हजार महिलाले सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट गर्भपतन गराएका छन् । तीमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ । महाशाखाअन्तर्गत सुरक्षित मातृत्व शाखाकी प्रमुख डा। पुण्या पौडेलका अनुसार औषधि पसलबाट औषधि किनेर ‘मेडिकल एबोर्सन’ गर्नेहरूको संख्या जोड्ने हो भने गर्भपतनको तथ्यांक अझ बढ्नेछ । ‘आफैँ औषधि किनेर गर्भपतन गर्नेहरूको संख्या थाहा छैन,’ उनले भनिन्, ‘हरेक औषधि पसलमा उपलब्ध छ, डाक्टरको प्रेस्किप्सनविना पनि बेचिरहेका छन् ।’
आजको नयाँ पत्रिकामा समाचार छ ।
