‘नो पार्किङ’को विषयमा हेउनपा र मउवा संघबिच सहमति, के के छन् शर्त

तु खबर संवाददाता
२०७५ श्रावण २७, आईतवार १८:२३

मकवानपुर २७ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य संघबिच नो पार्किङको विषयमा सहमति भएको छ । लामो समयदेखि विवादमा रहेको यस विषयमा आज दुवै संस्थाबिच सहमति भएको हो । तर नो पार्किङको विषयमा पूर्ण रुपमा हटिसकेको भने छैन ।

सहमतिमा हेटौंडाका सडकमा उपभोक्ताले मात्रै एकतर्फी २ पाङग्रे सवारी रोक्न पाउने सर्त राखिएको छ । तर घरधनी तथा व्यवसायीहरुले भने नगरपालिका र प्रशासनले तोकेकै स्थानमा पार्किङ गर्नुपर्ने छ ।

व्यवसायी र घरधनीले तोकेको स्थानमा पार्किङ नगरी आफ्नो पसल अगाडी पार्किङ गरेको पाईएमा १ हजार जरिवाना लिने सहमति भएको हेटौंडा उपमहानगरपालिकाले जानकारी दिएको छ । सहमति भएपश्चात मकवानपुर उद्योग वाणिज्य संघको पूर्व निर्धारीत आन्दोलनको कार्यक्रमहरु स्थगित भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ ४ दिनदेखि आन्दोलनकै क्रममा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*