उपभोक्ता मञ्च नेपाल मकवानपुरमा नयाँ नेतृत्व

तु खबर संवाददाता
२०७५ श्रावण २९, मंगलवार १६:२३

हेटौँडा, २९ साउन । उपभोक्ता मञ्च नेपाल मकवानपुरको मंगलबार सम्पन्न भेलाले नयाँ नेतृत्व सहित कार्यसमिति चयन गरेको छ । अधिवेसनले मञ्चको अध्यक्षमा कुमार पौडेललाई चयन गरेको हो ।

मञ्चको मंगलबार हेटौँडामा सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मञ्चको उपाध्यक्षमा कपिल अर्याल र कृष्ण अर्याल, सचिव नवराज कोइराला, सहसचिव राजु गौतम, कोषाध्यक्षमा ईश्वरप्रसाद मैनाली चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विनोद शर्मा, विमला थिङ, सुधिर दाहाल, यथार्थ रिजाल, सुनिल सिवाकोटी र टेकनाथ सिवाकोटी रहेका छन् । मञ्चको सल्लाहकारमा केशव श्रेष्ठ, सिद्धिलाल श्रेष्ठ र कपिला जोशी रहेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको प्रमुख आतिथ्यता एवं अध्यक्ष कपिला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष सिद्धिलाल श्रेष्ठ लगायतले आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*