जयबागेश्वरी मन्दिर नजिकै एक जनाको शव फेला
काठमाडौं २९ साउन । काठमाडौं महानगरपालिका ८ जयबागेश्वरी मन्दिर नजिक प्रतिक्षालयमा एक जनाको शव फेला परेको छ । शंकरापुर नगरपालिका ३ जर्सिङपौवा घर भएका ६३ वर्षीय पूर्णबहादुर सुनुवारको शव सोमबार फेला परेको हो ।
त्यसैगरी काभ्रे मण्डन देउपुर नगरपालिका ५ बस्ने ७७ बर्षीय नानीबाबु पुरी सोही ठाउँस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
