रेड पाण्डाको छालासहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १४:०१

काठमाडौं,३० साउन । मनमैजु नगरपालिका-३ भत्केको पुल बस्ने नुवाकोट टाडी गाउँपालिका-२ घर भएका २२ वर्षीय शेरामान तामाङ, नुवाकोट टाडी गाउँपालिका-४ घर भई हाल काठमाडौं मनमैजु बस्ने २० वर्षीय राजकुमार तामाङ, २४ वर्षीय प्रेम सिंह तामाङलाई अवैध रुपमा राखेको १ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-९ लक्ष्मीनगरस्थित मोरङ विराटनगर महानगरपालिका-१३ घर भएका शिव कुमार थापाको नवदुर्गा गेष्ट हाउसको ३०९ नम्बरको कोठाबाट उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको टोलीले उक्त रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*