बलेखी खोलामा टिपर खस्यो, चालक हालसम्म बेपत्ता

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १७:१६
File Photo

चौतारा, ३० साउन । सिन्धुपाल्चोकको बलेखी खोला ए जलविद्युत् आयोजनाको टिपर आज बिहान ११ बजे नदीमा खसेर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् ।

आयोजनाका अध्यक्ष उमेश कसजुका अनुसार वा ४ ख ९५८० नंका चालक जुगल गाउँपालिका–३ गुम्बा निवासी ३५ वर्षीय साङ लामा बेपत्ता भएका हुन् । सुरुङको माटो खोलामा फाल्ने क्रममा सोही गापा–२ गोल्चे भन्ने स्थानमा चिप्लिएर टिपर दुर्घटनामा परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*