प्रेस स्वतन्त्रताको चिन्ता सरोकारवाला निकायलाई धेरै
काठमाडौँ ३० साउन । आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन र सेन्टर फर मिडिया रिसर्च–नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा पत्रकारितासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले उक्त संहिताले समाचार सङ्कलनदेखि प्रकाशन प्रसारण गर्नसमेत अप्ठेरो अवस्था सिर्जना गर्ने भन्दै त्यस्ता विषय सच्याउनुपर्ने सुझाव दिएका हुन् ।
