हेटौँडामा लागुऔषध प्रयोगकर्तालाई घरबाटै प्रहरीले समातेपछि….

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार २०:०३

हेटौँडा, ३० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ बाट प्रहरीले घरमै गएर लागुऔषध खैरो हेरोईन प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ८ मैदा टोलमा बस्ने ३३ वर्षीय हरिकृष्ण कार्कीलाई नियन्त्रणमा लिएको हो ।

साउन २९ गते दिउँसो करिब साढे ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले विशेष सुचनाको आधारमा कार्कीलाई पक्राउ गरेको मकवानपुर प्रहरीले बताएको छ । उनी आफ्नै घरको प्यासेजमा सोफामा बसिरहेको अवस्थामा उनको शरिर खानतलासी गर्दा उनले लगाएको पाईन्टको पछाडी पटि(टको दाहिने तर्फको खल्तिमा पर्सभित्र कागजको पुरियामा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोईन २५० मिलिग्राम फेला परेको प्रहरीको दाबी छ ।

कार्कीलाई पक्राउ गरि मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*